कर्णाली प्रदेश : शपथ बहिस्कार गरेपछि मन्त्रीको सूचीबाट हटाइएका शाह पुनः बने मन्त्री

यसपटक भने शाहले भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयकै जिम्मेवारी लिने भएका छन् ।

नेपालभ्युज

कर्णाली प्रदेश : शपथ बहिस्कार गरेपछि मन्त्रीको सूचीबाट हटाइएका शाह पुनः बने मन्त्री

काठमाडौं । एमाले सांसद विनोदकुमार शाह कर्णाली प्रदेश सरकारमा पुनः मन्त्री नियुक्त भएका छन् । उनले बुधबार पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।

मुख्यमन्त्री यामलाल कँडेलले शाहलाई गत वैशाख १८ गतेको मन्त्रिपरिषद् विस्तारमा भूमि, व्यवस्था तथा सहकारी मन्त्रीको रुपमा नियुक्त गरेका थिए । तर उनले मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै शपथ नै लिएका थिएनन् ।

नियुक्त गरिएका मन्त्रीले शपथ नलिएपछि मुख्यमन्त्री कँडेलले वैशाख ३१ गते शाहलाई मन्त्रीको सूचीबाट हटाउँदै सो मन्त्रालयको जिम्मेवारी आफैंले लिएका थिए ।

तर गुटगत राजनीति चर्को रहेको र शाहको सहयोग नहुँदा सरकार चलाउन कठिनाइ पर्ने बुझेका कँडेलले उनलाई पुनः मन्त्री नियुक्त गरेका हुन् ।

यसपटक भने शाहले भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयकै जिम्मेवारी लिने भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved