मुगुमा जहाजले ठक्कर दिँदा कर्मचारी घाइते

नेपालभ्युज

मुगुमा जहाजले ठक्कर दिँदा कर्मचारी घाइते

मुगु । मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा त्यहाँ कार्यरत  एक  कर्मचारी घाइते भएका छन् ।

यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेसन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् ।

उडान सङ्केत गरिरहेका बेला चालकले बोलाएपछि जहाजतर्फ जाँदै गर्दा अघिल्लो भागले उनलाई ठक्कर दिँएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

घाइते कर्मचारी भामलाई सीता एयरकै जहाजमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved