एकीकृत समाजवादी प्रवेश गर्नुअघि घनश्यामले भने- ‘ओलीवाद’का कारण आन्दोलन अप्ठ्यारोमा पर्‍यो

नेपालभ्युज

488249703259432

काठमाडौं । वामपन्थी नेता घनश्याम भूसालले ‘ओलीवाद’ का कारण नेपालको कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा परेको बताएका छन् ।

‘हामी कम्युनिष्टहरूले कसैले नपाएको अवसर पाएका थियौँ,’ शुक्रबार नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्नुअघि भूसालले भने, ‘तर कमरेड ओलीका कारण त्यो अवसर गुम्यो । यसकारण कमरेड ओलीका कारण, ओलीवादका कारण कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्‍यो ।’

यहीकारण आफूले नेकपा (एमाले) छाड्नुपरेको बताएका छन् । ‘कमरेड ओलीकै कारण राजनीति भनेको षड्यन्त्र हो भन्ने भयो । निन्दा र भर्त्सनाको शृङ्खला त यत्ति गम्भीर बन्यो कि त्यो हामीले पछिल्लो निर्वाचनमा देख्यौँ,’ उनले भनेका छन् ।

उनले एकीकृत समाजवादी नेकपाको उत्तराधिकारी भएको दाबी पनि गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved