अख्तियारका पूर्वआयुक्त पाठक र लम्बोदर न्यौपाने भ्रष्टाचार मुद्दामा दोषी ठहर, कैद सजाय र जरिवानाको फैसला

नेपालभ्युज

अख्तियारका पूर्वआयुक्त पाठक र लम्बोदर न्यौपाने भ्रष्टाचार मुद्दामा दोषी ठहर, कैद सजाय र जरिवानाको फैसला

काठमाडौं ।  विशेष अदालत काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै तीन वर्ष तीन महिना कैद गर्ने फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले बिहिबार पाठकलाई दोषी ठहर गर्दै उक्त कैद सजाय र ३९ लाख जरिवाना गर्ने फैसला सुनाएको हो ।

अदालतले भ्रष्टाचार निवारण ऐनअनुसार तीन वर्ष र अख्तियारको बहालवाला आयुक्त भएकाले थप तीन महिना कैद गर्ने फैसला सुनाएको हो ।

अदालतले नेपाल इञ्जिनीयरिङ कलेजका लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र रु ३९ लाख जरिवाना गर्ने फैसला सुनाएको छ । पूर्वआयुक्त पाठकले नेपाल इञ्जिनीयरिङ कलेजको जग्गा विवादमा रु ७८ लाख घुस लिएको खुलासा भएपछि विवाद भएको थियो ।

उक्त प्रकरणबाट बच्नका लागि पाठकले आयुक्त पदबाट राजीनामा दिएका थिए । अख्तियारले राजीनामा दिएपछि पाठकमाथि अनुसन्धान गरी घुस रिसवतमा मुद्दा दायर गरेको थियो । अदालतले आज दोषी ठहर गर्दै कैद र जरिवान फैसला सुनाएको हो ।

यो प्रकरणबारे थप जान्न तलका लिंकमा जानुहोस :

लम्बोदर-राजनारायण ७८ लाख घुस प्रकरण : अदालतले माग्यो बैंक स्टेटमेन्ट

सरकारवादी मुद्दामा विपक्षीसँग महान्यायाधिवक्ताको उठबस, लम्बोदर न्यौपानेको दौडधुप

लम्बोदर न्यौपानेलाई जोगाउन खाेजेकाे भन्दै महान्यायाधिवक्ता खातीलाई कारवाहीको माग

विद्यार्थीले कलेजमा बुझाएको पैसा खल्तीमा हाल्थे लम्बोदर

इन्जिनियरिङ कलेज ठगी प्रकरण : लम्बोदर न्यौपानेविरुद्ध मुद्दा दायर्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved