धेरै नुन खानु शरीरका लागि घातक

नेपालभ्युज

धेरै नुन खानु शरीरका लागि घातक

एजेन्सी । यदी तपाईं खानामा आवश्यकता भन्दा बढी नुन खानुहुन्छ भने सावधान हुनुहोस् । धेरै नुनिलो खाना खाने बानीले तपाईंलाई मुटुको रोगी बनाउन सक्छ ।
चिकित्सकहरुका अनुसार धेरै नुन चर्को खानाले मुटु रोग लाग्न सक्छ ।

तपाईंलाई जानकारी दिउँ, पछिल्लो ३० वर्षमा हामीले खाने खानामा धेरै परिवर्तन आएको छ, आजकलका मानिसहरु कममात्रामा दाल फलफूल र सागसब्जी खान थालेका छन् र धेरै मात्रामा नुनिलो खानेकुरा खान थालेका छन् ।

नेपाल भारत लगायत दक्षिण एसियाली राष्ट्रहरुका मानिसहरुले अन्यत्रका मानिसले भन्दा धेरै नुनिलो खाना खाने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार एक मानिसले एक दिनमा जम्मा ५ ग्राम सम्म नुन खानुलाई राम्रो मानिन्छ ।

खानामा नुनको मात्रा बढी हुनाले उच्च रक्तचाप, मोटोपना, हृदयघात जस्ता धेरै मुटु सम्बन्धी रोगहरु लाग्ने सम्भावना उच्च हुन्छ ।


Comment

One thought on “धेरै नुन खानु शरीरका लागि घातक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved