काठमाडौंलाई पराजित गर्दै विराटनगर पुग्यो प्लेअफमा

नेपालभ्युज

काठमाडौंलाई पराजित गर्दै विराटनगर पुग्यो प्लेअफमा

काठमाडाैं। नेपाल टी-२० लिगमा काठमाडौंलाई पराजित गर्दै विराटनगर सुपर किंग्सले प्लेअफमा स्थान बनाएको छ। शनिबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा काठमाडौं नाइट्सलाई ७ विकेटले पराजित गर्दै विराटनगरले प्लेअफमा स्थान पक्का गरेको हो।

टियू मैदान कीर्तिपुरमा टस जितेर पहिलो ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो। उसका लागि सन्तोष कार्की र एलेक्स ब्लेकले समान ३४-३४ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल २२ रनमा नटआउट रहे। त्यस्तै, सन्दिप रजालीले ३० रन बनाए। बसिर अहमद १७ रनमा अविजित रहे।

विराटनगरका लागि राज ननानले ४ विकेट लिँदा नन्दन यादव र रोहित पौडेलले समान १-१ विकेट लिएका थिए। १ सय ५५ रनको लक्ष्य पछ्याएको विराटनगरले १८.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। उसका लागि कप्तान रोहित पौडेलले ६६ रन बनाउँदा गौरन्सु शर्माले ५१ रनको अर्धशतकीय इनिङ खेले।

त्यस्तै, हुसेन तलातले २१ रन बनाउँदा अर्जुन साउद र विवेक यादवले १०-१० रन बनाएका थिए। काठमाडौंका लागि अविनास बोहराले २ विकेट लिएका थिए।

अब प्रतियोगिताको प्लेअफ पुग्ने अन्तिम टिमको टुंगो भने अर्को खेलको नतिजाले गर्ने छ। काठमाडौं अघिल्लो चरण प्रवेशका लागि फारवेस्टले पोखरालाई पराजित गर्नुपर्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved