पहिलोपटक फ्रेन्चाइज भलिबल लिग गर्न पुनः सम्झौता

नेपालभ्युज

पहिलोपटक फ्रेन्चाइज भलिबल लिग गर्न पुनः सम्झौता

काठमाडौं । पहिलोपटक नेपालमा फ्रेन्चाइज भलिबल लिग गर्न फेरि सम्झौता भएको छ । दुई वर्ष अगाडि पनि नेपालमा फ्रेन्चाइज लिग गर्न नेपाल भलिबल संघले प्रक्रिया अगाडि बढाएको थियो । यो आयोजनाका लागि सम्झौता नै भएको झन्डै दुई वर्ष बितिसक्दा पनि हुन सकेन ।

त्यतिबेला भलिबल संघ र नेपाल स्पोटर्स एन्ड इभेन्ट म्यानेजमेन्टबीच पुरुष र महिलाको नेपाल सुपर लिग गर्न सम्झौता भएको हो । तर, नेपाल सुपर लिग फुटबल गरिरहेको नेपाल स्पोर्ट्स यो आयोजनाबाट पछि हटेपछि संघले केडिया ग्रुपसँग आइतबार नयाँ सम्झौता गरेको छ । २०७८ साल भदौमा गरिएको १० वर्षे सम्झौता रद्द गर्दै संघले केडिया ग्रुपसँग नयाँ सम्झौता गरेको हो ।

नेपाल भलिबल संघको प्राविधिक सहयोग र केडिया ग्रुपको आयोजनामा पहिलोपटक नेपालमा फ्रेन्चाइज पुरुष लिग भलिबल हुन लागेको हो । त्यसका लागि संघ र नेपाल भलिबल संघबीच आइतबार नै सम्झौता पनि भएको छ । यसै वर्षको आगामी फागुनमा फ्रेन्चाईज लिग भलिबल हुने तय गरिएको छ ।

आईतवार नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केडिया ग्रुपका प्रवन्धक विमलकुमार केडियाले सम्झौतापत्रमा हस्ताक्षर गरे । यो सम्झौता सात वर्षका लागि हुने भएको छ । केडिया ग्रुपका प्रवन्धक विमलकुमारले पत्रकार सम्मेलनमा नै कुनै पनि हालत यस पटक पुरुषको फ्रेन्चाइज भलिबल लिग हुने विश्वास व्यक्त गरे ।

उनले आवश्यक परेमा महिलातर्फ पनि फ्रेन्चाइज लिग गर्न तयार रहेको समेत बताए । संघका अध्यक्ष चन्दले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन केडिया ग्रुपले नै गर्ने र त्यहाँ संघको प्राविधिक जिम्मेवारी मात्र रहने बताए । त्यसबापत संघले वार्षिक ३५ लाख रुपैयाँ दिने सम्झौतामा उल्लेख छ ।

उनी यसपटक सम्झौताअनुरूप हुनेमा विश्वस्त देखिए ।सम्झौतासँगै केडिया गुपले प्रतियोगिता सञ्चालका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने छ । केडिया ग्रुपका प्रवन्धक केडियाले भलिबलको विकाशमा योजनावद्ध ढंगले हुने आशासमेत व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved