कान्ति बाल अस्पतालमा एक बर्षमा २५ सय बढीको शल्यक्रिया

अस्पतालको ६१ औँ बार्षिक उत्सव कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले गत बर्ष एक लाख १६ हजार ४५३ जना बालबालिकाले ओपिडी सेवा लिएको जानकारी दिए ।

नेपालभ्युज

कान्ति बाल अस्पतालमा एक बर्षमा २५ सय बढीको शल्यक्रिया

काठमाडौं। कान्ति बाल अस्पतालमा एक बर्षमा एक लाखभन्दा बढी बालबालिकाले ओपिडी सेवा लिएका छन्।

अस्पतालको ६१ औँ बार्षिक उत्सव कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले गत बर्ष एक लाख १६ हजार ४५३ जना बालबालिकाले ओपिडी सेवा लिएको जानकारी दिए।

यस्तै ४४ हजार ८९२ जनाले आकस्मिक सेवा लिएको उनको भनाइ छ। अस्पतालमा गतबर्षमात्र दुई हजार पाँचसय २६जनाको शल्यक्रिया भएको निर्देशक बसौलाले जानकारी दिए।

अस्पतालमा पुगेका मध्य ३ दशमलव ३ प्रतिशत बालबालिकाको मुत्यु भएको उनको प्रतिवेदनमा उल्लेख छ। हाल कान्ति बाल अस्पतालमा नेपाल सरकार तर्फ २६४ जना र अस्पताल बिकास समिति तर्फ २९६ गरि जम्मा ५६० कर्मचारीको दरबन्दी भए पनि नेपाल सरकारको तर्फबाट १८२, अस्पताल बिकास समितिबाट १४५, सरसफाई कर्मचारी ७८ जना, सुरक्षा गार्ड २४ जना, काजमा आएका कार्यरत कर्मचारी पाँच जना, काजमा गएका कर्मचारी ९ जना र छात्रवृति करारमा कार्यरत २९ जना र मासिक ज्यालादारी ७९ जना गरी जम्मा ५३४ जना कर्मचारीहरु कार्यरत छन्।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सचिव डा.रोशन पोखरेलले कर्मचारी व्यवस्थापनको बिषयलाई मन्त्रालयले गम्भिरतापूर्वक लिएको बताए।

देशको एकमात्र बाल अस्पतालभएकाले जिम्मेवार भएर काम गर्न कर्मचारीहरुलाई आग्रह गरे। वि स २०१९ पौष २२ गते ५० शैयाबाट सुरु भएको अस्पताल ३३० शैयाको रहेको छ।एक हजार बेडको अस्पताल बनाउने योजनाको काम चाडै अगाडी बढाउने समेत सचिव डा पोखरेलले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved