संस्मरण

सामान्य ज्ञानले सचिव बनायो, शहर घुमायो

अहिलेजस्तो डिभिजन, प्रतिशत भन्दापनि उ बेला को पास भयो र को फेल भयो भन्ने हुन्थ्यो । सानैदेखि निजामति सेवामा प्रवेश गर्छु भन्ने नै थियो ।

नेपालभ्युज

सामान्य ज्ञानले सचिव बनायो, शहर घुमायो

काठमाडौं । सरकार सञ्चालनसँग जोडिएका कुनै पनि ब्यक्ति केही न केही विवादमा परिनै हाल्छ । तर नेपाल सरकारका पूर्वसचिव हरि बस्यालले भने सेवा अवधिभर प्रश्न गर्ने अवसर नै दिएनन् ।

मेहेनती स्वभावले गर्दा निस्कलंक बनेर सेवा अवधी पुरा गर्न सके । पाल्पाको बग्नासपालि गाउँपालिका वडा ९ मा जन्मिएका २०२१ मा जन्मिएका बस्यालको अन्तिम कार्यकाल सञ्चार मन्त्रालयमा रह्यो । मध्यम वर्गीय परिवारमा जन्मिएका उनले खान लाउनमा त्यति धेरै संघर्ष भने गर्नुपरेन । बुवाको इच्छा नै छोराहरुलाई पढाउने रहेकाले उनलाई थप सहज भयो ।

जीवनका आरोह अव्रोह पार गर्दै उनी सरकार सञ्चालनको जिम्मेवारीमा पुगेका हुन् । त्यो त त्यो बेला शहर जाने घुम्ने भनने कुरा मध्यम वर्गमा निकै कम हुन्थ्यो । तर उनको शहर हेर्ने सपना सामान्य ज्ञानले नै पुरा गरिदियो । यस्तो छ उनको कथा

मेरो बुवा राजनीति गर्ने भएकाले मैले पढाईको अवसरबाट बञ्चित हुनुपरेन । बुवाले जेनतेन हामी छ जना दाजुभाइलाई पढाउनुभयो । त्यो बेला सानै उमेरमा भारत जाने कमाउने भनने थियो तर मेरो बुवाले हामीलाई उचित शिक्षा दिनुभयो । मेरो पनि पढाइमा सानैदेखि रुचि थियो त्यसैले होला म विद्यालयमापनि अब्बल नै थिए ।

त्यो बेला हाम्रो जस्तो गाउँघरमा घरमा पढाइप्रति चासो राख्ने, पढ्नुपर्छ भनेर हौसला दिने ब्यक्ति पाउनु बढो मुस्किलको कुरा हो ।तर हामी भाग्यमानी रहेछौँ । मेरो बुवाले हामी दाजुभाइको पढाइमा कुनै कसर बाँकी राख्नुभएन । हामीलेपनि मेहेनेत लगाएर पढ्यौँ । घर नजिकै विद्यालय थिया,े मैले प्राविसम्म त्यही अध्ययन गरे ।

कालिका प्राविमा पाँच कक्षा पढेपछि भने कक्षा ६ र ७ भने वेद मावि बाटमा गएर पढे । तर एस एलसी भने तानसेनको पदम पब्लिक स्कुलबाट २०३९ मा दिए । २०४०मा नतिजा अपनि आयो । त्यो बेला एस एलसीको नतिजा आउदा उत्सवजस्तै हुन्थ्यो , सबैको चासो पनि उस्तै हुन्थ्यो ।

अहिलेजस्तो डिभिजन, प्रतिशत भन्दापनि उ बेला को पास भयो र को फेल भयो भन्ने हुन्थ्यो । सानैदेखि निजामति सेवामा प्रवेश गर्छु भन्ने नै थियो ।

सडियो र जिल्ला पञ्चायत सभापतिबाट प्रभावित

बाल्यकालमा त निजामति सेवा भन्दापनि ठूलो मान्छे बन्छु भन्ने थियो । पछि पढ्दै गएपछिमात्र यो लोकसेवा भन्ने थाहा भयो । सानो छदा त नमस्कार गर्नुपर्ने सबैले मानेको ब्यक्ति देख्दा उ जस्तै बन्छु भन्ने हुन्थ्यो ।

बुवा राजनीतिमा सक्रिय भएकालेपनि घरमा गाउँका गन्यमान्ने मान्छेको आउजाउँ भइरहन्थ्यो । ति मध्यपनि मलाई अत्यन्त प्रभाव भने जिल्ला पञ्चायत सभापति र सिडियोको रह्यो । उहाँहरु गाउँमा आउदा सबै गाउँले उहाँहरुको स्वागतमा हुन्थे । सेतो घोडामा उहाँहरु सवार गरेको देख्दा मलाईपनि उहाँहरुजस्तै हुन पाए भन्ने लाग्थ्यो ।

उहाँहरु सिडियो पञ्चायत सभापति हुनुदो रहेछ भन्नेपनि ठ्रलो भएपछि बुझे । पहिले त उहाँहरु ठुलो मान्छे भनने मात्रै हुन्थ्यो के के भन्ने त बालकलाई थाह हुने कुरै भएन । पछि एस एलसी गरेपछि मलाई शिक्षण पेशाकालागि धेरै अफर पनि आएको थियो तर मैले निजामति सेवा नै रोजे ।

शिक्षण पेशामा प्रवेश गर्न मलाई अलि सहजपनि थियो । त्यो समयमा एसएलसी गरेका शिक्षक पाउनुपनि ठूलै उपलब्धि हुनथ्यो । अर्को कुरा मेरो बुवाको कारणलेपनि सेवा प्रवेशमा धेरै नै सहज हुन्थ्यो ।

२०४२ मा त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा कमर्स संकायमा अध्यन गर्दै थिए । त्यही बेला लोकसेवा परिक्षामा सहभागि भए । खरिदारमा मेरो नाम निस्कियो । सरकारी सेवाको आरम्भ भयो । त्यसपछि नासु , अधिकृत, हुदै सचिव भएर अवकास लिएँ । धेरै किस्साहरु रोचक पनि छन् तर एउटा कुरा मलाई पहिलोपटक शहर देखाएको भने सामान्यज्ञानले नै हो है ।

सामान्य ज्ञानले नै काठमाडौँ र पोखरा देखायो

हाम्रो समयमा घुम्ने हिड्ने भनेको मामाघर नै हुन्थ्यो । गाउँघर छाडेर घुम्न जाने भन्ने त हुदै हुन्थेन भनेपनि हुन्छ । कमाउने उमेर नभएसम्म खासै घर छाडेर हिड्ने भन्ने नै हुने थिएन ।

शहर भनेको तानसेन देखेको थियौँ । गाउँको बजार त्यो बेला कस्तो होला आफै कल्पना गर्नुहोस् । तर मैलाइ भने हाजिरी जवाफ प्रतियोगिताले पहिलोपटक पोखरा पुर्‍यायो । सामान्य ज्ञानमा मेरो रुचि निकै थियो । विद्यालयका हरेक कार्यक्रममा मैले भाग लिएर पुरस्कार समेत जितेको थिए । तर कक्षा ९ मा हुँदा पोखरामा १६ जिल्लाका माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता थियो ।

हाम्रो विद्यालयले पनि भाग लिएको थियो । हामी गएर प्रथम भएर आएका थियौँ । त्यो मेरो पहिलो अनुभव थियो लामो यात्रा गरेर शहर हेरेको । पोखरा बजार, फेवाताल, पर्यटक देख्दा अर्कै संसारमा आएजस्तो लागेको थियो । त्यसपछि २०४० मा राजा वीरेन्द्रको जन्मदिनका अवसरमा काठमाडौंमा पनि हाजिरी जवाफ प्रतियोगिता आयोजना भएको थियो ।

त्यो बेला हामी आइकम पढ्दै थियौँ । हामी पाल्पाबाट काठमाडौं पनि आयौँ । पाल्पा बहुमुखी क्याम्पसको प्रतिनितित्व गरेर प्रतियोतामा सहभागी भइयो । हामी तीन जना आएका थियौँ । यति ठूलो शहर कहिल्यै देखेका थिएनौ ।

किताबमा मात्र सुनेका ठाउँ हरु हेरेर दंग पनि परेको थिए । सामान्य ज्ञान नजानेको भए म क्याम्पस र विद्यालयबाट प्रतिनिधि बन्न पाउने थिइन । अर्को कुरा सामान्य ज्ञान त्यतिबेलामात्रै काम लागेन । हरेक लोकसेवाको परिक्षामा मलाई सहयोग पुग्यो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved