माधवलाई भेटेर वामदेवले भने- सरकारमा जानुस्

नेपालभ्युज

माधवलाई भेटेर वामदेवले भने- सरकारमा जानुस्

काठमाडौं । कम्युनिष्ट नेता वामदेव गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । पार्टीका अन्य नेताहरूसँगै रहेका नेपाललाई मंगलबार भेटेका गौतमले नयाँ सरकारमा सहभागी हुन सुझाव दिए ।

राष्ट्रिय एकता अभियानका संयोजक गौतम रहेका गौतमले भने, ‘प्रचण्डजीको नेतृत्वमा बनेको सरकारमा तपाईंहरू किन छुट्नुभयो ? छुट्नुहुँदैन ।’

उनले अहिलेको सरकारमा एकीकृत समाजवादी छुट्नु ऐतिहासिक भूल हुने बताए । ‘नेताहरु कुनै माग नै नराखीकन जानुपर्छ,’ उनले भने ।

अध्यक्ष नेपालले प्रचण्डले थाहै नदिई नयाँ निर्णय लिएको भन्दै दुःखेसो गरेसँगै गौतमले भने, ‘प्रचण्डले माधवजीलाई बोलाएर फूलमाला लगाएर लैजानुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved