जसपा तत्काल सरकारमा नजाने

नेपालभ्युज

जसपा तत्काल सरकारमा नजाने

काठमाडाैं। जनता समाजवादी पार्टी(जसपा) तत्काल सरकारमा नजाने भएकाे छ। प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेको जसपाले बैठक बसेपछि यसबारेमा निष्कर्ष निकाल्ने जनाएकाे छ।

जसका लागि पुस १८ र १९ गते जसपाले बैठक बाेलाएकाे छ। उक्त बैठकले सरकारमा जाने नजानेबारे छलफल गर्नेछ। आइतबार जसपासहित सात दलले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका थिए। प्रधानमन्त्री प्रचण्डले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्।

यसैगरी, सोमबार राष्ट्रपति भवन शीतल निवासमा विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved