राजनीतिक खेल रोमाञ्चक मोडमा पुगेपछि बाबुरामको प्रश्न- ‘टाइब्रेकर’मै पुग्ने त होइन ?

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार गठनको खेल रोमाञ्चक मोडमा पुगेको बताएका छन्।  सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले ‘वर्ल्डकप फुटबल जस्तै राजनीतिक खेल ‘टाइब्रेकर’मा पुग्ने त हैन’ भन्ने प्रश्न गरेका छन्।

नेपालभ्युज

राजनीतिक खेल रोमाञ्चक मोडमा पुगेपछि बाबुरामको प्रश्न- ‘टाइब्रेकर’मै पुग्ने त होइन ?

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार गठनको खेल रोमाञ्चक मोडमा पुगेको बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले ‘वल्र्डकप फुटबल जस्तै राजनीतिक खेल ‘टाइब्रेकर’मा पुग्ने त हैन’ भन्ने प्रश्न गरेका छन्।
‘‘हालै सम्पन्न वर्ल्डकप फुटबलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’सम्मै उस्तै रोमाञ्चक हुन लागेको हो ?’’ भट्टराईको प्रश्न छ।

बालुवाटार बैठकमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि माओवादी केन्द्र एमाले अध्यक्ष ओलीकहाँ पुगेका छन्।

आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद नछाडेपछि प्रचण्ड ‘गठबन्धन तोडियो’ भन्दै बैठक छाडेर हिँडेका थिए।

अहिले एमाले अध्यक्ष ओली निवासमा पाँच दलको बैठक छलफल चलिरहँदा सरकार गठनको प्रयास रोमाञ्चक मोडमा पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved