कांग्रेसका दुवै महामन्त्री भन्छन्- मन्त्री खान्नौँ, पार्टीको काम गछौँ

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफूहरू नयाँ सरकारमा मन्त्री नबन्ने बताएका छन्। कांग्रेस संसदीय दलको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग बोल्दै आफूहरू मन्त्री बन्ने कुरामा नरहेको स्पष्ट पारे।

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफूहरू नयाँ सरकारमा मन्त्री नबन्ने बताएका छन्। कांग्रेस संसदीय दलको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग बोल्दै आफूहरू मन्त्री बन्ने कुरामा नरहेको स्पष्ट पारे।

महामन्त्री थापाले अब बन्ने सरकारमा आफू मन्त्रीका रूपमा भने सहभागी नहुने बताएका हुन्। संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थापा ३९ मतान्तरले पराजित भएपछि थापाले कांग्रेस संसदीय दलका नेताको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताए। तर आफू सरकारमा नजाने बताए।

उनले भने, ‘‘सरकारमा अरु साथीहरू जानुहुन्छ। म त फेरि संसदीय दलको नेता हुन कोसिस गर्छु। म मन्त्री हुन्न।’’

महामन्त्री शर्माले पनि नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताए। उनले आफूहरू पार्टी कार्यालयमा बसेर गर्ने काम गर्ने बताए। उनले भने ‘‘पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको छ। मन्त्री खान जाँदैनौँ। पार्टीलाई सुसङ्गठित गर्ने धेरै कामहरू हाम्रो जिम्मामा छ। यसैले हामी सरकारमा जाँदैनौँ।’’

महामन्त्री शर्माले सरकारमा जाने पार्टीका नेताहरूलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताअनुसार काम गर्न आग्रह गर्ने कुरामा लाग्ने पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved