ट्विटरको सीईओबाट राजीनामा दिने एलन मस्कको घोषणा

नेपालभ्युज

ट्विटरको सीईओबाट राजीनामा दिने एलन मस्कको घोषणा

न्युयोर्क। ट्विटरका मालिक एलन मस्कले सीईओ पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले ट्विट गरेर अब आफू सफ्टवेर निर्माण र सर्भरमा  केन्द्रित हुने भन्दै राजीनामाको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘सीईओ बन्न योग्य व्यक्ति भेटेपछि मैले राजीनामा दिएको छ, अब म सफ्टवेर र सर्भरमा केन्द्रित हुनेछु ।’

केहि दिन अघि उनले के म ट्विटरको प्रमुख पदबाट हट्नुपर्छ ? भनेर प्रश्न राख्दै हो वा होइनमा क्लिक गर्न आह्वान गरेका थिए । ट्विटरका एक करोड ७५ लाख प्रयोगकर्ताले मतदान गरेकामा ५७ दशमलव ५ प्रतिशतले मस्कको विपक्षमा मतदान गरेका थिए । मस्क कार निर्माता टेस्ला र रकेट फर्म स्पेसएक्सका समेत मालिक हुन् ।

अक्टोबर २७ मा ट्विटरको प्रमुख भएदेखि मस्क बारम्बार विवादमा आइरहेका छन् । कम्पनीका आधा कर्मचारीलाई बर्खास्त गरेको, पत्रकारलाई प्रतिबन्ध लगाएको र पहिले निःशुल्क सेवाहरूका लागि अहिले शुल्क लिन खोजेपछि मस्कविरुद्ध आक्रोश बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved