चिकित्सक संघमा पनि एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने

नेपालभ्युज

चिकित्सक संघमा पनि एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने

काठमाडौं ।  नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि अध्यक्ष पदमा नेकपा एमाले निकट डा  सन्तोष पौडेल र नेपाली कांग्रेस निकट अनिल विक्रम कार्कीबीच  प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

कांंग्रेस समर्थित चिकित्सकहरूले डा कार्कीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेसँगै डा. पौडेल र डा. कार्कीको प्रतिस्पर्धा हुने निश्चत भएको हो ।

यस्तै एमाले निकट चिकित्सकहरूले महासचिवमा डा. रक्षा श्रेष्ठलाई उम्मेदवार बनाउने भएका छन् भने अन्य  पदका लागि उम्मेदवारको  टुंगो लगाएको छैन् ।

यस्तै, कांंग्रेस निकट समूहमा महासचिवमा डा. सञ्जीव तिवारी र कोषाध्यक्षमा डा. प्रमोद जोशीले उम्मेदवारी दिनेछने भने  अन्य पदका लागि  निर्णय भएको छैन ।

निर्वाचन आगामी माघको दोस्रो साता सुरु हुनेछ भने उम्मेदवारी दिने अन्तिम दिन ४ पुस सम्म तोकिएको नेपाल चिकित्सक संघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved