कर्णाली करिडोरमा दुर्लभ चितुवा फेला

नेपालभ्युज

कर्णाली करिडोरमा दुर्लभ चितुवा फेला

सुर्खेत। कर्णाली करिडोरमा एक दुर्लभ चितुवा भेटिएको छ । शुक्रबार बेलुका ६ः १५ बजेको समयमा कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाको वार्ड नं. २ को कोट खर्कमा चितुवा भेटिएको हो ।

मोटरसाइकलबाट कर्णाली करिडोर हुँदै सान्नी त्रिवेणी गाउँपालिका–९ डाँफे माध्यमिक विद्यालयका प्रधानध्यापक हिरामणी सिंम्खडाले चितुवा फेला पारेका खुन् । ‘कर्णाली करिडोर हुँदै यात्रा गर्दा मैले चितुवा फेला पारेको हुँ ।’ उनले भने ।

माथि बाक्लो बस्ती रहेको क्षेत्रको तल्लो भागमा चितुवा भेटिएको हो । चितुवा भेटिएपछि जिल्ला वन कार्यालय कालीकोटलाई खबर गरिएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved