‘यो मेरो अन्तिम विश्वकप हो’ : मेस्सी

नेपालभ्युज

‘यो मेरो अन्तिम विश्वकप हो’ : मेस्सी

दोहा। अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप नै आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् ।

पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल डिसेम्बर १८ मा आइतबार हुनेछ ।

दोस्रो सेमिफाइनल मोरक्को र डिफेन्डिङ च्याम्पियन फ्रान्सबीच हुनेछ । क्रोएसियाविरुद्धको खेलमा मेस्सीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनले पेनाल्टीमा गोल गर्नुका साथै अल्भारेजको एक गोलमा असिस्ट पनि गरेका थिए ।

खेलपछि मेस्सीले भने, ‘विश्वकपमा फाइनल खेलेर आफ्नो यात्रा समाप्त गर्न पाउँदा निकै खुसी छु । यो वास्तवमा निकै सुखद छ । यो विश्वकपमा जे भयो, त्यो निकै भावनात्मक रह्यो । अर्जेन्टिनाका मानिसहरूले यसको कति आनन्द लिनुभयो भनेर हेर्नु पनि निकै सुखद रह्यो । अर्को विश्वकप आउन अझै लामो बाटो छ । म त्यति लामो समयसम्म गर्न सक्छु जस्तो लाग्दैन । यसरी विश्वकपको यात्रा समाप्त गर्नु सानदार हो । ’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved