जसपाले टुङ्गो लगायो मधेसमा समानुपातिक सांसद (सूचीसहित)

नेपालभ्युज

जसपाले टुङ्गो लगायो मधेसमा समानुपातिक सांसद (सूचीसहित)

काठमाडौँ  । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभामा समानुपातिकतर्फका  सांसदको नाम टुङ्गो लगाएको छ । जसपाका प्रवक्ता मनिष सुमनका अनुसार  कार्यकारिणी समितिको सोमबार बसेको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेमा मनिषकुमार सुमन (मधेसी पुरुष, अल्पसङ्ख्यक), विन्दुकुमारी यादव (मधेसी महिला), शोभादेवी (मधेसी महिला, अल्पसङ्ख्यक), ललिता दास (दलित महिला), शाहिदा खातुन (मुस्लिम महिला), किर साह (मधेसी महिला) र ममता मण्डल (आदिवासी जनजाति महिला) रहेका छन्।

उक्त पार्टीले  मधेस प्रदेशमा प्रत्यक्षतर्फ ९ र समानुपातिकबाट ७ सिट जितेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved