दीपक खड्का भन्छन्- नेपाल स्काउटले पटक-पटक मेरो चरित्र हत्या गर्‍यो, अदालत जाँदैछु

‘उहाँविरुद्ध छानविनका लागि युवा तथा खेलकुद मन्त्रालय र अख्तियारमा निवेदन दिएका छौँ । उहाँले स्काउटबाट आर्थिक लाभ लिनेगरी गतिविधि सञ्चालन गर्नुभयो, स्काउटलाई कब्जामा लिन खोज्नुभयो ।’

नेपालभ्युज

676060967257582

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले नेपाल स्काउटले पटक-पटक आफ्नो चरित्र हत्या गरेको आरोप लगाएका छन् ।  संखुवासभा जिल्लाबाट निर्वाचित सांसद खड्काले भने, ‘नेपाल स्काउट भन्ने संस्थाले पटक-पटक मेरो चरित्र हत्या गरेको छ ।’

आइतबार (आज) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘चरित्र हत्या गर्नेविरुद्ध कानूनी उपचार खोज्छु, चाँडै अदालत जाँदेछु ।’

खड्का ल्याण्ड डेभलपमेण्ट प्रालिसँग आफ्नो कुनै सम्बन्ध नहुँदासमेत नेपाल स्काउटका तदर्थ समितिका अध्यक्ष लोकबहादुर भण्डारीले पटक-पटक आफ्नो चरित्र हत्या गरेको भन्दै उनले थपे, ‘अध्यक्ष लोकबहादुर भण्डारी नेपाल स्काउटको मान्छे नभएर विचौलिया हो ।’

खड्का ल्याण्ड प्रालिले कानूनीरूपमा वैधानिक तरिकाले सम्झौता भएबमोजिम भाडाबापत्‌को रकम दिएर व्यवसाय सञ्चालन गरिरहेको जिकिर गर्दै खड्काले भने, ‘उहाँले मलाई मात्रै होइन, नेताहरूसँग नजिकको सम्बन्ध राखेर धेरै धम्क्याउने गर्नुभएको छ ।’

खड्काले अध्यक्ष भण्डारीले स्काउटलाई तहसनहस गर्दै राजनीतिक भर्ति केन्द्र बनाएको, गैरकानूनी कामहरू गरेको र स्काउटको करोडौं रकम हिनामिना गरेको आरोप पनि लगाए । उनले भने, ‘उहाँविरुद्ध छानविनका लागि युवा तथा खेलकुद मन्त्रालय र अख्तियारमा निवेदन दिएका छौँ । उहाँले स्काउटबाट आर्थिक लाभ लिनेगरी गतिविधि सञ्चालन गर्नुभयो, स्काउटलाई कब्जामा लिन खोज्नुभयो ।’

पत्रकारहरूसँग खड्काले भनेका छन्ः

नेपाल स्काउट तदर्थ समितिका अध्यक्ष लोकबहादुर भण्डारी नेपाल स्काउटको मान्छे नभएर विचौलिया हो । एमालेलाई भ्रममा राख्ने, पूर्वप्रधानमन्त्रीको नजिक, राष्ट्रपतिको नातेदार हौ भन्दै मान्छे तर्साउने धम्काउँदै विचौलियाको काम गरिरहेका छन् । भण्डारीले स्काउटलाई तहसनहस गर्दै राजनीतिक भर्ति गर्ने, गैरकानूनी कामहरू गर्ने र स्काउटको करोडौं रकम हिनामिना गरेका छन् ।

त्यसको लागि हामीले युवा तथा खेलकुद मन्त्रालयमा तथा अख्तियारमासमेत निवेदन पत्र पठाएका छौँ । हामीले खड्का ल्याण्ड प्रालिलाई पनि खुला छानविन गर्न भनेका छौं । काठमाडौंका स्काउटको धेरै सम्पत्ति छ । अध्यक्षलाई त्यो सम्पतिको कसरी सदुपयोग तथा दुरुपयोग भएको छ, मतलब छैन । स्काउटलाई कस्तो बनाउने चासो छैन । तर आर्थिक लाभ कसरी हुन्छ र केही व्यापारीक मान्छेहरूसँग मिलेर यसलाई कसरी कब्जामा लिन सकिन्छ । मेरो राजनीतिक जीवन कसरी सिद्ध्याउन सकिन्छ भन्ने उद्देश्यले संखुवासभा मेरो निर्वाचन क्षेत्रमा स्काउटका अध्यक्ष भण्डारी पुगेर खर्च गरेर मलाई निर्वाचन हराउनेसम्मको काम गर्नुभयो ।

गैरकानूनी ढङ्गले राज्यको एउटा अंग स्काउट जस्तो स्वच्छ छवि भएको संस्थालाई बदनामी गरेर स्काउटको स्रोत साधनमाथि कब्जा जमाएर काम गरेकाले उहाँहरू विचौलिया हुन् । स्काउटको हितका लागि काम गरेको देखिँदैन । पटक-पटक मेरो चरित्रहत्या गरिएकाले आपत्ति जनाउन चाहन्छु । अब म सम्बन्धित अदालतमा पनि चाँडै मानहानीको मुद्दा हाल्छु । स्काउटजस्ता संस्थाको संरक्षण गर्नुपर्छ भन्ने मेरो मान्यता राख्दाराख्दै स्काउटका अध्यक्षको स्वार्थपूर्ति नभएको कारण पटक–पटक चरित्र हत्या गर्ने काम भएको छ । स्काउटको अपमानजनक कार्य सरकारले रोक्नुपर्छ । अहिले म खड्का ल्याण्ड डेभलपमेण्ट प्रालिमा छैन । अहिले प्रायः सबै कारोबार छाडेर जनसेवामा जुटेको छु ।

नूनीरूपमा व्यवसाय गरिरहेको संस्थालाई आँच आउने काम र व्यक्तिगत जीवनमा समेत अपमान गर्नेहरूलाई कारबाहीको माग गर्दछु ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved