स्तनपान गराउने आमाको संख्या घट्दो

नेपालभ्युज

स्तनपान गराउने आमाको संख्या घट्दो

काठमाडौं। नेपालमा स्तनपान गराउने आमाहरुको संख्या घट्दो देखिएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले नेपालमा ५६ प्रतिशत महिलाले मात्र जन्मेको पाँच महिनासम्म पूर्णरूपमा स्तनपान गराएको देखिएको छ ।

यसअघि, पाँच वर्ष पहिले यो संख्या ६६ प्रतिशत थियो। नेपालमा पूर्ण स्तनपान गराउने महिलाको संख्या वर्षेनी घट्दै गइरहेको एनडLएचएसको अध्ययनले देखाउँछ ।

सन् १९९६ मा ७५, २००१ मा ६८, २००६ मा ५३, २०११ मा ७०, २०१६ मा ६६ प्रतिशत रहेको यो संख्या सन् २०२२ मा ५६ प्रतिशतमा झरेको हो।


स्वास्थ्य मन्त्रालयमा शुक्रबार भएको मिडिया व्रिफिङमा मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले स्तनपानबारे सचेतना बढाउन जरुरी देखिएको बताइन् । उनले मन्त्रालयले विशेष पहल गर्ने बताइन् ।

कामकाजी महिलाको संख्या बढ्नु र बजारमा पाइने सब्लिमेन्टका कारण पनि स्तनपान गराउने महिलाको संख्या घटेको हुनसक्ने बताइन् ।

पुड्कोपनाको समस्या घट्दै

नेपालमा ५ वर्षभन्दा कम उमेरका बालबालिकामा हुने पुड्कोपनमा उल्लेखनीय सुधार आएको छ । एनडिएचएसको अध्ययनले पाँच वर्षको अवधिमा ११ प्रतिशतले कमी आएको देखाएको छ ।

२०१६ को सर्वेक्षणले नेपालमा पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिकामा पुड्कोपन रहेको देखाएको थियो। यही सर्वेक्षणले पाँच वर्षमा ११ प्रतिशतले पुड्कोपना हटेर २५ प्रतिशतमा झरेको देखाएको हो ।

विगतमा नेपालमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनमा सन् १९९६ मा ५७ प्रतिशत, सन् २००१ मा ५७, सन् २००६ मा ४९, सन् २०११ मा ४१ र सन् २०१६ मा ३६ प्रतिशत रहेको थियो।

सर्वेक्षणले पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपना कम हुँदै गए पनि हाल देखिएको २५ प्रतिशत पुड्कोपनमा सबैभन्दा धेरै बालबालिका कर्णाली प्रदेशमा रहेको समेत देखाएको छ ।


बाल मृत्युदरमा ६ प्रतिशतले कमी

नेपालमा पाँच वर्षको अवधिमा बाल मृत्युदर घटेको पाइएको छ । नेपालमा प्रति एक हजार जीवत जन्ममा ३३ जना पाँच वर्ष मुनिका बालबालिकाको मुतयु हुने गरेको छ ।

यसअघि, सन् २०१६ गरिएको सर्वेक्षणले प्रति एक हजारमा ३९ जना बालबालिकाको मुत्यु हुने गरेको देखाएको थियो । नेपालमा सन् २०११ मा प्रति एक हजारमा ५४ जना, सन् २००६ मा ६१ जना, सन् २००१ मा ९१ जना र सन् १९९६ मा ११८ जना बाल मृत्युदर रहेको थियो ।

पाँच वर्षमुनिका बाल मृत्युदरसँगै एक वर्षमुनिका बाल मृत्युदरमा पनि ४ प्रतिशतले घटेको पाइएको छ । सन् १९९६ मा ७८, २००१ मा ६४, २००६ मा ४८, २०११ मा ४६, २०१६ मा ३२ हुँदै २०२२ मा २८ प्रतिशतमा झरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved