स्पेन विश्वकपबाट बाहिरिए पछि फुटबल टिमका मुख्य प्रशिक्षक बर्खास्त

नेपालभ्युज

स्पेन विश्वकपबाट बाहिरिए पछि फुटबल टिमका मुख्य प्रशिक्षक बर्खास्त

काठमाडौं । स्पेन विश्वकपबाट बाहिरिए पछि राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिक बर्खास्त भएका छन् ।

विश्वकप फुटबलमा स्पेन मोरक्कोसँग पराजित हुँदै प्रिक्वाटर फाइनलबाटै बारिएपछि स्पेनिस फुटबल संघले प्रशिक्षक  एनरिकलाई बर्खास्त गरेको हो ।

‘लुइस एनरिक र उनको प्रशिक्षण टिमलाई हामी धन्यवाद भन्छौं ।’ फुटबल संघद्वारा जारी  विज्ञप्तिमा भनिएको छ ।

सन् २०१८ देखि फुटबलको  नेतृत्व गरिरहेका ५२ वर्षिय एनरिकले २०२० को युरो कपमा स्पेनिस टोलीलाई सेमिफाइनलमा पुर्‍याएका थिए ।

उनको नेतृत्वमा स्पेनले ४७ खेल खेलेको थियो । जसमा २६ जित, १४ बराबरी र ७ खेलमा हार बेहोरेको थियो । उनको नेतृत्वमा स्पेन २०२०-२१ को नेसन्स लिगको उपविजेता बनेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved