पाल्पामा बिहे भोजले बिरामी परेकामा आउँको किटाणु भेटियो

नेपालभ्युज

पाल्पामा बिहे भोजले बिरामी परेकामा आउँको किटाणु भेटियो

पाल्पा। पाल्पाको चिर्तुङधारामा बिहे भोज खाएर बिरामी परेका धेरैजसोमा आउँ रोगका किटाणु देखिएको छ । मिसन अस्पतालमा उपचार गर्न गएका बिरामीहरूको दिसा जाँच गराउँदा रिपोर्टमा आउँका किटाणु देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल र पाल्पाको बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मीले बुधबार अधिकांशको रिपोर्टमा आउँको किटाणु देखिएको बताएका हुन् ।

बिहेभोज खाएपछि बिरामी परेका पाल्पा चिर्तुङधारा घोरबन्दाका बिरामीको बुधबार पनि घर-घरमा पुगेर उपचार गर्ने क्रममा यस्तो देखिएको बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए ।

मंगलबार मिसन अस्पतालका डा. सञ्जीव रावल, बगनासकाली गाउँपालिकाका ११ जना स्वास्थ्यकर्मी, स्वयंसेविका लगायतले सेवा दिएका थिए ।

बिरामीमध्ये कतिपयलाई सुधार आएपनि केहीमा पुनः समस्या देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका डा. खनालका अनुसार दिसा जाँच गर्दा आउँको किटाणु फेला परेको छ । तीन दिन अघिदेखि स्वास्थ्यकर्मीले बिरामीको उपचारका लागि घर-घरमा पुगेर सेवा दिइरहेका छन् ।

सामान्य अवस्थाका बाहेक अधिकांशमा पेट दुख्ने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या कायमै भएकाले बुधबार बिहानदेखि थप स्वास्थ्यकर्मी र थप औषधिसहित टोलबस्तीमा स्वास्थ्यकर्मी खटिएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved