महाकालीमा संयन्त्र बनाएर मात्रै तटबन्ध निर्माण गर्न नेपाल र भारतबीच सहमती

नेपालभ्युज

महाकालीमा संयन्त्र बनाएर मात्रै तटबन्ध निर्माण गर्न नेपाल र भारतबीच सहमती

काठमाडौं । दार्चुलाको खलंगा र आसपासमा महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर भारतले बनाइरहेको पक्की संरचनाको निर्माण तत्कालका लागि रोकिने भएको छ ।

सोमबार भारत पिथौरागढ प्रशासनका एडिएम सहितका प्रतिनिधि र दार्चुलाका प्रमुख जिल्ला अधिकारीबीच भएको  छलफलमा दुई देशका प्रतिनिधि सम्मिलित ‘संयन्त्र’ बनाएर मात्रै काम अघि बढाउने सहमति  भएको हो ।

दार्चुलाका डीएसपी तर्कराज पाण्डेका अनुसार  प्राविधिक, स्थानीय राजनीतिक दलका प्रतिनिधि र प्रशासनका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएर निर्माण अघि बढाउने सहमति भएको हो ।

उनले भने,  ‘महाकालीको बहाव परिवर्तन गर्नुपर्ने ठाउँमा निर्माणकार्य रोक्ने सहमति भएको छ । ’

आइतबार भारतीय पक्षले नदीको बहाव नेपालतर्फ सारेर तटबन्ध बनाउन थालेको विरोधमा दार्चुलाका स्थानीयले गरेको  विरोधमा ढुंगा हानाहान हुँदा  ४ जना बालक घाइते भएका थिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved