जर्मनीलाई घर फर्काउने जापानको गोल किन पर्‍यो विवादमा ?

खेल १-१ को बराबरीमा चलिरहेका बेला ५१ औँ मिनेटमा एओ तनकाले जापानका लागि गरेको दोस्रो गोल खेलमा निर्णायक बनेको थियो । त्यही गोल नै विवादमा परेको हो ।

नेपालभ्युज

जर्मनीलाई घर फर्काउने जापानको गोल किन पर्‍यो विवादमा ?

काठमाडौं। विश्वकप फुटबलमा जापान नकआउट चरणमा पुगेको छ। स्पेनलाई २–१ ले पराजित गर्दै जापानले अन्तिम १६ मा स्थान पक्का गर्यो।

तर जापानको जितले जर्मनी भने बाहिरिएको छ। स्पेनविरुद्ध जापानले गरेको दोस्रो भने विवादमा परिरहेको छ ।

खेल १-१ को बराबरीमा चलिरहेका बेला ५१ औँ मिनेटमा एओ तनकाले जापानका लागि गरेको दोस्रो गोल खेलमा निर्णायक बनेको थियो । त्यही गोल नै विवादमा परेको हो ।

यदि यो गोलले मान्यता नपाएको भए जापान प्रतियोगिताबाट बाहिरिन्थ्यो भने जर्मनी नकआउट चरणमा पुग्ने थियो ।

साथीले बाउन्ड्री लाइनबाट उठाएर गरेको क्रसमा एओले गोल गरेका थिए । गोल हुनासाथ रेफ्रिले मान्यता दिएनन् । त्यसको जिम्मा भिडियो असिस्टेन्ट रेफ्रि भीएआरले पाए । वास्तवमा बलले लाइन पार गरेको वा नगरेको भिडिओमा हेरियो । अर्थात फुटबलको भाषामा बल ‘आउट अफ प्ले’ वा ‘इन प्ले’ भएको हेरियो ।

भीएआरले ‘करिब २ मिनेट’ पश्चात जापानको पक्षमा नतिजा दियो। नतिजालगतै स्पेनका समर्थक आक्रोशित भए भने जापानी खेमामा खुसीयाली छायो । फुटबलको नियम बनाउने अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड आईएफएबीको ‘आउट अफ प्ले’ नियम लागु गर्दै भीएआरले यसप्रहारलाई गोलको मान्यता दिएको देखिन्छ।

आईएफएबीको नियम अनुसार बलले गोललाईन वा टचलाईनलाई मैदानबाट वा हावाबाट पार गरेमा बललाई ‘आउट अफ प्ले’ भनेर घोषित गरिन्छ। तर यो प्रहारमा बलले लाइनलाई थोरै छोएको देखिन्छ । त्यसकै आधारमा उक्त गोललाई मान्यता दिइएको हो ।

भीएआरले सबै एंगलबाट हेरेर उक्त निर्णय लिएको थियो। यद्यपी यो गोल विवादमा भने परेको छ । विशेषगरी जर्मनीका समर्थकले भीएआरको निर्णयमाथि नै प्रश्न उठाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved