इलाम २ बाट सुवास नेम्वाङ विजयी, कांग्रेसका खड्का ११४ मतले पराजित

नेपालभ्युज

इलाम २ बाट सुवास नेम्वाङ विजयी, कांग्रेसका खड्का ११४ मतले पराजित

काठमाडौं । नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं २ बाट निर्वाचित भएका छन् । कडा प्रतिस्पर्धाबीच नेम्वाङले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतले हराएका हुन् ।

शनिबार राति सकिएको गणनामा ३० हजार २० मत प्राप्त गरेर नेम्वाङ विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरे ।

दुई उम्मेदवारबीच सुरुवातदेखि नै कडा प्रतिस्पर्धा देखिएको थियो । जसका कारण पटक-पटक मतगणना स्थगित समेत भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved