हिउँचितुवाको फोटो ‘फेक’ भएको तथ्य बाहिरिएपछि कितियाकाे फेसबुक डिएक्टिभ

‘फ्याक्ट चेकमा’ कितिया पावलोव्स्कीको सामाजिक सञ्जाल (इन्स्ट्राग्राम)मा पनि शंका गरिएको थियो। नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’ भएको तथ्य बाहिरिएपछि उनले आफ्नो फेसबुक र इन्स्ट्रा आइडी डिएक्टिभ गरेकी हुन्। उनले अरुलाई मूर्ख बनाएको तथ्य खुलेसँगै उनको फेसबुक एकाउन्ट र इन्स्ट्राआइडीमा नकारात्मक कमेन्ट आउन थालेको थियो।

नेपालभ्युज

हिउँचितुवाको फोटो ‘फेक’ भएको तथ्य बाहिरिएपछि कितियाकाे फेसबुक डिएक्टिभ

काठमाडौं। नेपालमा आफैँले खिचेको भन्दै हिउँ चितुवाको तस्वीर सामाजिक सञ्जाल र वेबसाइटमा राखेर सामाजिक सञ्जालमा चर्चामा आएकी अमेरिकी युवती कितिया पावलोस्कीले सोसल मिडियाका आफ्ना आइडी डिएक्टिभ गरेकी छन्।

नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’ भएको तथ्य बाहिरिएपछि उनले आफ्नो फेसबुकइन्स्ट्रा आइडी डिएक्टिभ गरेकी हुन्।

‘फ्याक्ट चेकमा’ कितिया पावलोव्स्कीको सामाजिक सञ्जाल (इन्स्ट्राग्राम)मा पनि शंका गरिएको थियो। इन्स्ट्राग्राममा जम्मा ५ वटा मात्रै फोटो थिए। जसमा ४ वटा हिउँ चितुवाको थियो।

‘फोटोग्राफरको इन्स्ट्राग्राममा जम्मा ५ वटा मात्रै फोटो छन्, जसमा ४ वटा हिउँ चितुवाको छ र एउटा उनको छ। अरू ग्यालरी किन देखिएन ?’ म्यागेजिनले प्रश्न गरेको छ। साथै उनको फेसबुक पेजमा पनि धेरै फोटो थिएन। शंका गरिएको थियो।

अमेरिकी युवती कितिया पावलोस्कीको फेसबुक आइडी, जुन बिहानबाट डिएक्टिभ देखिन्छ।

उनले सगरमाथा क्षेत्रमा खिचेको भनेर दाबी गरेको फोटो ‘फेक’ भन्ने तथ्य बाहिरसँगै विश्वभरका मिडियाले सो बारेमा समाचार प्रकाशन गरेका थिए। उनले अरुलाई मूर्ख बनाएको तथ्य खुलेसँगै उनको फेसबुक एकाउन्ट र इन्स्ट्राआइडीमा नकारात्मक कमेन्ट आउन थालेको थियो।

मान्छेका दुस्ख – युट्युब र टिकटक हेर्ने, पत्रकारलाई गाली गर्ने

नेपाल र विश्वका विभिन्न देशबाट उनलाई गाली गर्नेहरू बढेपछि उनले आफ्नो आइडी निष्क्रिय पारेकी हुन्। उनको वेबसाइट भने बन्द गरिएको छैन।

फ्याक्ट चेकमा भनिए अनुसार पावलोस्की एक फोटोग्राफर नै हुन या होइनन भन्नेमा समेत शंका छ। ‘अलपाइन इन्टरनेसनल म्यागेजिन’ले फोटोको ‘फ्याक्ट चेक’ गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको तथ्य पत्ता लागेको दाबी गरेको थियो।

अमेरिकी युवती कितिया पावलोस्कीको इन्स्ट्राग्राम आइडी, जुन बिहानबाट डिएक्टिभ देखिन्छ।

उक्त रिर्पोटका अनुसार ती फोटोहरू तिनीहरू प्राकृतिक नभई फोटोसप जस्ता सफ्टवेयर प्रयोग गरेर धेरै बनाइएको हो। फ्याक्ट चेकले दाबी गर्दै लेखेको छ, ‘ पावलोस्कीलाई फोटोसप चलाउने कुरामा विज्ञता छ। उनले त्यही विज्ञता प्रयोग गरेकी हुन्।’

अलपाइन इन्टरनेसनल म्यागेजिन हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको एक चर्चित म्यागेजिन हो।  हिउँ चितुवाको फोटो सार्वजनिक भएसँगै नेपालस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजबाट समेत उक्त तस्वीर प्रकाशित भएको थियो। उक्त फोटोहरू विश्वभर भाइरल भएको थियो।

नेपाली फोटोग्राफरले पहिल्यै खिचेका थिए हिमचितुवाको झनै आकर्षक फोटो

चर्चामा हिमचितुवाको फोटो : यसरी खिचेकी थिइन् किटिया पवलोस्कीले

अमेरिकी युवती कितिया पावलोस्कीको वेबसाईट

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved