चर्चामा हिमचितुवाको फोटो : यसरी खिचेकी थिइन् किटिया पवलोस्कीले

त्यही हिमचितुवा हो जसलाई आफ्नो क्यामरामा कैद गरेर थप अन्तर्राष्ट्रिय बटुलेकी छिन्, अमेरिकी फोटो ग्राफर किटिया पवलोस्कीले। जुन फोटोले उनलाई विश्वभर थप चर्चा दिएको मात्र छैन नेपालको हिमचितुवाको समेत चर्चा दिलाएकाे छ।

नेपालभ्युज

चर्चामा हिमचितुवाको फोटो : यसरी खिचेकी थिइन् किटिया पवलोस्कीले

काठमाडौं। हिउँ नै हिउँले ढाकिएको हिमाली क्षेत्र जहाँ बोटबिरुवा पनि राम्ररी हुर्कन र बढ्न सक्दैनन्। त्यहाँ सामान्यतया जङ्गली जनावर तथा प्राणी पाइँदैनन्। सोच्दा पनि अचम्म लाग्छ हिमचितुवा अर्थात् ‘स्नो लियोपार्ड’ भने त्यहाँ कसरी बस्न सक्यो होला ?

समुद्री सतहबाट तीन हजारदेखि पाँच हजार ५ हजार ५ सय मिटरमाथि उचाइसम्मका हिमाली क्षेत्रमा पाइने हिमचितुवा अत्यन्तै कम उर्वर जमिनमा, न्यून शिकार पाउने स्थानमा बाँचेकै छ।

जङ्गली जनावर त्यसमा पनि स्वभाव अझ मानिसदेखि डराउने र लजालु। कुनै पनि जीव सजिलै बाँच्न नसक्ने हिमाली भेगमा बस्न रुचाउने हिमचितुवा लुकेर शिकार गर्छन्। संसारभर नै विरलै मात्र देखिने जनावरहरू मध्येको जनावर हिउँ चितुवाको बसाइ यस्तो ठाउँमा हुन्छ जहाँ मानिस पनि अक्सिजनको सिलिन्डर नबोकी जान सक्दैन। नेपालसहित दक्षिण एसिया तथा मध्य एसियाका हिमाली क्षेत्रमा हिमचितुवा पाइन्छ।

त्यही हिमचितुवा हो जसलाई आफ्नो क्यामरामा कैद गरेर अन्तर्राष्ट्रिय चर्चा बटुलेकी छिन्, अमेरिकी फोटो ग्राफर किटिया पवलोस्कीले। विभिन्न समाचार माध्यमदेखि प्रकाशन भएपछि सामाजिक सञ्जालमा सोही फोटोकै चर्चा छ। उनले अहिले नेपालमा मात्र नभई विश्वभरबाट वाहवाही कमाइरहेकी छन्। केही समयअघि नेपाल आएकी उनले सगरमाथा क्षेत्रको नामले पनि चिनिने खुम्बु भ्रमणको क्रममा हिमचितुवालाई गत ८ अक्टोबर मा आफ्नो क्यामेरामा कैद गरेकी थिइन्।

तस्वीर : किटिया पवलोस्की

जुन फोटोले उनलाई विश्वभर थप चर्चा दिएको मात्र छैन नेपालको हिमचितुवालाई समेत चर्चा दिलाएकाे छ।  ५ हजार ४ सय ८६ मिटर उचाइमा तस्वीर खिचेको उनले बताएकी छिन्।

विश्वमै दुर्लभ मानिएको हिमचितुवालाई आफ्नो क्यामेरामा कैद गर्न सकेकोमा किटियालाई गर्व छ। खुम्बु क्षेत्र त्यही क्षेत्र त्यही क्षेत्र हो विश्वमा यात्राको लागि सबैभन्दा उत्तम क्षेत्रमध्येको छैटौँ स्थानमा पर्छ। नेपालमा अहिले चिसोको समय त्यसमाथि पनि बाह्रै मास चिसो हुने सगरमाथा क्षेत्र खुम्बुमा चिसो नहुने त कुरै थिएन।

महिना दिनअघि २२ असोजको बिहानको चार बजे मौसम खुल्नै लागेको थियो। उनी बसेको होटेलबाट निस्किँदा चारैतिर हुस्सु थियो। उनलाई आत्मविश्वास थियो कि, त्यस क्षेत्रमा केही न केही खुराक अवश्य भेटिन्छ भनेर। सगरमाथाको पूर्वोत्तर दिशामा रहेको क्षेत्र सो क्षेत्रबाट उनी माथि अघि बढिन्। त्यहाँदेखि विश्वको सबैभन्दा अग्लो ८ हजार ८४८ मिटरको हिमाल सगरमाथाको शिखर करिब ३०० मीटरको उचाइ दूरीमा रहेको थियो।

अघि बढ्दै जाँदा ५ हजार एक सय ६४ मिटर उचाइमा पुगेपछि उनले बाटोमा जनावरको पाइला फेला पारिन्। लामो समयदेखि जङ्गलमा फोटोग्राफी गर्दै आएकी उनले पाइला नचिन्ने त कुरै भएन।

२४ वर्षीय किटियाले अहिलेसम्मको आधा उमेर जङ्गली जनावरको खोजीमा बिताएकी छिन्। उनी विश्वका विभिन्न देशका कुना–कन्दरासम्म पुगेकी छिन्। वन वातावरण तथा जङ्गली जनावरको तस्वीर कैद गर्न सक्नु किटियाको खुबी हो।

हिमचितुवाको पाइला भन्ने ठम्याएपछि उनी ती पाइलालाई पछ्याउँदै गइन्। उनलाई हिमचितुवासँग डर लागेन बरु नभेटिने हो कि भन्ने परिस्थितिको डर थियो।

तस्वीर : किटिया पवलोस्की

विस्तारै हुस्सु खुल्दै गयो। केही माथि पुगेपछि उनले चितुवा भेटिन्। चिसोमा आहारको खोजीमा हिँडिरहेको चितुवा देखिन्। उनले चितुवातर्फ आफ्नो क्यामेराको लामो लेन्स सोझाइन्। केही फोटो क्लिक गरिन्। हिमचितुवा भेट्टाउँदा उनले चिसोमा कठ्याङग्रिँदै लामो यात्रा गरेको थकानको पीडा भुलिन्।

‘‘मौसम असाध्यै अप्रत्यासित थियो, तर उत्कृष्ट दृश्य पाउनका निम्ति मैले उचाइ चढ्नै पर्थ्यो। तल देखिएको पाइलाका आधारमा पछ्याउँदै जाँदा मैले कैद गर्न खोजेकै जनावर फेला पारेँ,’’ उनले फेसबुक र इन्स्टा पेजमा भनेकी छिन्, ‘‘गोधुली साँझ वा मिर्मिरे बिहानमा हिउँ चितुवा निकै आकर्षक देखिन्छ। उचाइमा पुगेर मलाई आकर्षक तस्बिर कैद गर्नु थियो म त्यसमा सफल भएँ।’’

तस्वीर : किटिया पवलोस्की

गरिबीविरुद्ध कलाको प्रयोग

२४ वर्षीय किटियाले अहिलेसम्मको आधा उमेर जङ्गली जनावरको खोजीमा बिताएकी छिन्। उनी विश्वका विभिन्न देशका कुना–कन्दरासम्म पुगेकी छिन्। वन वातावरण तथा जङ्गली जनावरको तस्वीर कैद गर्न सक्नु किटियाको खुबी हो।

तस्वीर : किटिया पवलोस्की

फोटोग्राफर किटिया वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्छिन्। उनले पृथ्वीको सुन्दरता, वन वातावरण तथा वन्यजन्तुका तस्वीर खिच्दै आएकी छिन्।

उनले विश्वका विभिन्न गरिब देशहरूमा स्थानीयहरूलाई रोजगार दिन आफ्नो कला प्रयोग गर्दै आएकी छिन्।

सन् २०१६ मा उनले नेसनल जियोग्राफीबाट मान्यता पाएकी उनले ‘ह्यान्ड्स–अन प्रोजेक्ट’ मार्फत मानिसको जीवन र वातावरणमा सकारात्मक परिवर्तन ल्याउने काममा आबद्ध छिन्।

तीन वर्षको उमेरदेखि फोटो खिच्दै आएकी उनले फोटोग्राफीको औपचारिक तामिल लिइनन्। न कसैलाई गुरु नै मानिन्।

फोटोग्राफीको निरन्तर लगनशीलता र भोगाइलाई नै उनी आफ्नो प्रशिक्षक मान्छिन्।

वन्यजन्तु र वातावरणको संरक्षणमा जुट्न आग्रह

किटियाले यसअघि विश्वका विभिन्न ठाउँमा गएर विभिन्न जङ्गली जनावरको फेटो खिचिसकेकी छिन्। दुर्लभ प्रजातिका वन्यजन्तुहरूको तस्वीर पनि धेरै खिचिन्। आफूले खिचेका फोटोहरू किटियाले आफ्नो वेबसाइटबाट बेच्दै आएकी छिन्। विभिन्न सरकारी निकाय तथा व्यक्तिहरूलाई उपहारस्वरूप दिने पनि गरेकी छिन्।

उनी भन्छिन्, ‘‘सुरुमा मैले शोखका लागि फोटो खिचे। अहिले पनि मैले प्यासनका लागि फोटो खिच्दैआएको छु। विभिन्न देशहरूमा फोटो खिच्न जानको लागि खर्च जुटाउनको लागि केही फोटोहरू बेच्दै आएको छु।’’

वन्यजन्तु र वातावरणको क्षेत्रमा धेरै फोटो खिचेकी किटियाले ४८ बढी पुरस्कारहरू पाइसकेकी छिन्।

वन वातावरणका फेटो खिच्न सौखिन उनी वन्यजन्तु र वातावरणको संरक्षणमा सबैको विशेष ध्यान जानुपर्ने बताउँछिन्।

किटिया भन्छिन्, ‘‘वातावरण र वन्यजन्तु आजै संरक्षणको पहल गरिएन भने हामीले भोलि उनीहरूलाई भेट्न सक्दैनौँ। यही फोटोमा मात्र सीमित हुनेछन्। यसैले यो धर्तीबाट लोप भएर सम्झनामा मात्रै सीमित नहोस्। सबैले संरक्षण गरौँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved