समानुपातिकतर्फ एमालेको अग्रता कायमै हुँदा पछ्याउँदै कांग्रेस, अरु दलको कति ?

प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा (एमाले) ले सुरुवातदेखि नै अग्रता कायम गरिरहेको छ । यद्यपि, प्रतिनिधि सभाको प्रत्यक्षतर्फ भने नेपाली कांग्रेस अगाडि छ ।

नेपालभ्युज

समानुपातिकतर्फ एमालेको अग्रता कायमै हुँदा पछ्याउँदै कांग्रेस, अरु दलको कति ?

काठमाडौं । समानुपातिकतर्फको मतगणना जारी छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा (एमाले) ले सुरुवातदेखि नै अग्रता कायम गरिरहेको छ । यद्यपि, प्रतिनिधि सभाको प्रत्यक्षतर्फ भने नेपाली कांग्रेस अगाडि छ ।

समानुपातिकतर्फ अग्रतामै रहेको एमालेले १७ लाख ३७ हजार १३७ मत पाएको छ भने उसलाई पछ्याइरहेको कांग्रेसले १६ लाख ७३ हजार ४९१ बटुलेको छ ।

यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तेस्रो स्थान ओगटेको छ भने नेकपा (माओवादी केन्द्र) चौथो स्थानमा छ । उनीहरूले क्रमशः ७ लाख ५८ हजार ६१७ र ७ लाख ३७ हजार ३०४ मत पाएका छन् ।

यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छ, उसले ३ लाख ८८ हजार ७८५ मत पाएको छ । जनता समाजवादी पार्टी (जसपा) को पक्षमा २ लाख ७२ हजार २७२ समानुपातिक मत खसेको छ भने नेकपा (एकीकृत समाजवादी) ले १ लाख ५२ हजार ५३९ मत पाएको छ ।

केही महिना अगाडि मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पनि १ लाख ३७ हजार ५१७ मत पाएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ५९ हजार १८८ मतमात्रै जोडेको छ ।

यता सीके राउत नेतृत्वको जनमत पार्टीको पक्षमा ८६ हजार ८०६ मत देखिन्छ । यसैगरी राष्ट्रिय जनमोर्चाले ३१ हजार ९०९ मत पाएको छ भने नेपाल मजदूर किसान पार्टी (नेमकिपा) लाई ५८ हजार २८२ मत मिलेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved