गुल्मी १ मा चन्द्र भण्डारी जित नजिक, ज्ञवाली समर्थक निरास

नेपालभ्युज

गुल्मी १ मा चन्द्र भण्डारी जित नजिक, ज्ञवाली समर्थक निरास

तम्घास । गुल्मी क्षेत्र नम्बर १ मा मतगणना अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेसका चन्द्र भण्डारी जित नजिक छन् ।

उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई ११ सय २५ मतान्तरले पछि पारेका छन् । अब रेसुङ्गा नगरपालिकाका २ वटा वडा मात्रै गन्न बाँकी छ । ति वडामा पनि कांग्रेसकै बढि मत आएने अनुमान गरिएको छ ।

यस आधारमा भण्डारीको जित लगभग निश्चित भएको गुल्मीका कांग्रेस नेताहरुले बताएका छन् । यो क्षेत्रबाट गत निर्वाचनमा ज्ञवाली निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved