८० वर्षका चित्रबहादुर फेरि छिरे संसद

२०७४ को चुनावमा पनि उनले समानुपातिकबाटै संसदमा छिर्ने योजना बनाएर समानुपातिक उम्मेदवार बनेका थिए । तर जनमोर्चाले समानुपातिकमा कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड नकटाएकाले कुनै सिट पाएन। उनको संसद छिर्ने योजना पूरा भएन। ८० वर्षको उमेरमा सत्तागठबन्धनको सहयोगमा उनी फेरि संसदमा कमब्याक भएका छन्।

नेपालभ्युज

८० वर्षका चित्रबहादुर फेरि छिरे संसद

काठमाडौं। बाग्लुङ-१ मा जनमोर्चाका चित्रबहादुर केसी विजयी भएका छन्। केसी २६ सय २६ मतान्तरले विजयी भएका हुन्। केसीले २१ हजार ४ सय ५१ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका सूर्य पाठकले १८ हजार ८ सय २५ मत ल्याएका छन्। नेपालको कम्युनिस्ट आन्दोलनमा २०१४ सालदेखिको केसीको राजनीतिक यात्रा अनवरत छ ।

१९ वर्ष भूमिगत जीवन, ९ महिना जेलको भोगाइ अनि मोहनविक्रम सिंहको नेतृत्वक कम्युनिस्ट आन्दोलनमा जुझारुपना उनको थप परिचय हो । राष्ट्रिय मुद्दामा खरो रूपमा प्रस्तुत हुने स्वभावले जनता माझ केसीको लोकप्रियता सदावहार छ । ११९७ माघ २० गते बाग्लुङ गल्कोटमा जन्मिएका उनी सादगी नेताका रूपमा परिचित छन् ।

निम्न वर्गीय परिवारमा जन्मिएका उनका बुबा सामान्य साक्षर थिए । उनका बुबा गलकोटे राजाको भान्छेका रूपमा काम गर्थे । बुबा गलकोटे राजाका भान्छे भएकाले दरबारियाले चिन्थे । दरबारियाले चित्रबहादुरलाई पढाउने आश्वासन दिए । छोराले पढ्न पाउने उनका बुबाले दरबारमै छोडेर फर्किए । राम्रोसँग पढ्न पाउने शिक्षाको दीप बल्ने उनको आशा थियो ।

तर, दरबारियालाई भाँडा माज्ने मान्छे चाहिएको रहेछ । पढाउने त बहाना मात्र रहेछ । किताब र कापी हातमा पर्ला भनेर बसेका चित्रबहादुरको हातमा बिहानदेखि नै दरबारियाले खाएका जुठा भाँडा पर्न थाले । ६ महिनासम्म भाँडा माझेपछि उनी दरबार बाट बाहिर गए । दरबार छोडे पनि घरचाहिँ गएनन् ।   उनलाई पढ्ने झोँक चल्यो । उनी काठमाडौंको नन्दी स्कुलमा भर्ना भए ।

त्यतिबेला उनको उमेर १७ वर्ष भएको थियो । २०१४ सालमा उनले कम्युनिस्टको सदस्यता लिएका थिए । पढाइसँगै पार्टीको काममा सक्रिए हुन थाले । नेपाली कांग्रेसले गण्डक सम्झौता गर्‍यो । त्यसका विरुद्धमा विद्यार्थीले आन्दोलन गरे । त्यो आन्दोलनको अग्र मोर्चामा उभिय । त्यस लगतै राजनीतिका उतार चडावको सामना गर्नुपरेको थियो ।

पहिलो संविधान सभाको अवधिभर संघीयताको एक्लै विरोध गरेका कारण पनि केसी नेपालभर चिनिएका हुन्। रोल्पा, रुकुमको छिमेकी भएर पनि बाग्लुङ जिल्ला द्वन्द्वबाट त्यति कम प्रभावित हुनुमा केसी र उनको पार्टीको भूमिका छ ।

केसीका बारेमा अहिलेसम्म पनि बाग्लुङतिर औसत टिप्पणी के हुन्छ भने, यिनले राम्रो वा विकास निर्माणको काम गर्लान् नगर्लान्, तर नराम्रो काम पक्कै गर्दैनन्। त्यसैले, होला केसीलाई फेरl संसदको जिम्मेवारी दिएर बागलुङका जनताले पठाएका छन् ।

उनले २०६४ सालमा बागलुङ २ बाटै संविधान सभा चुनाव जितेका थिए । प्रत्यक्ष निर्वाचित केसी २०७० सालमा समानुपातिकबाट सिंहदरबार छिरेका थिए ।

२०७४ को चुनावमा पनि उनले समानुपातिकबाटै संसदमा छिर्ने योजना बनाएर समानुपातिक उम्मेदवार बनेका थिए । तर जनमोर्चाले समानुपातिकमा कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड नकटाएकाले कुनै सिट पाएन। उनको संसद छिर्ने योजना पूरा भएन। ८० वर्षको उमेरमा सत्तागठबन्धनको सहयोगमा उनी फेरि संसदमा कमब्याक भएका छन्।


Comment

One thought on “८० वर्षका चित्रबहादुर फेरि छिरे संसद

  1. समाचारको शीर्षक उपयुक्त लागेन।चित्र बहादुर के. सी. ज्युलाई होच्याउन खोजेर लेखेको जस्तो बुझिन्छ शीर्षक हेर्दा।तर समाचार चै त्यस्तो छैन। जस्तो समाचार छ त्यो सुहाउदो शीर्षक राख्नु हुन अनुरोध छ। यस्तो राजनीतिक सत्चरित्रको ब्यक्तिकोको समाचार लेख्दा चै किन त्यस्तो शीर्षक लेख्नु पर्यो नि?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved