मुख्यमन्त्रीका दाबेदार ललितजंग स्वतन्त्रका देवेन्द्रबहादुरसँग पराजित

नेपालभ्युज

मुख्यमन्त्रीका दाबेदार ललितजंग स्वतन्त्रका देवेन्द्रबहादुरसँग पराजित

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्रीका दाबेदार रहेका नेपाली कांग्रेसका उम्मेदवार ललितजंग शाही स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीसँग पराजित भएका छन्।

जुम्ला प्रदेश सभा १ मा वाम-लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका शाहीलाई १ हजार ८९९ मतले हराउँदै देवेन्द्रबहादुर विजयी भएका हुन्

देवेन्द्रबहादुरले ९ हजार ६५४ मत पाउँदा  ललितजंगले ७ हजार ७५५ मत पाए  । तेस्रो स्थानमा रहेका  एमालेका धिरेन्द्रबहादुर गिरीले ५ हजार ४६० मत पाए भने नेपाल मजदुर किसान पार्टीका राजेश्वर देवकोटाले ६९४ मत पाए।

उनले कांग्रेसबाट टिकट नपाएपछि शाहीविरुद्ध बागी उम्मेदवारी दिएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved