विश्वकप फुटबल : मङ्गलबार ४ खेल हुँदै

नेपालभ्युज

विश्वकप फुटबल : मङ्गलबार ४ खेल हुँदै

काठमाडौं। विश्वकप फुटबलमा आज मङ्लबार ४ खेल हुँदैछन्।

कतारमा जारी विश्वकपमा मङ्गलबार समूह ‘सी’ र ‘डी’ का २-२ खेलहरू हुने तालिका रहेको छ ।

समूह ‘सी’मा अर्जेन्टिना र साउदी अरेबिया नेपाली समय अनुसार दिउँसो पौने ४ बजे आमने सामने हुनेछन्। अर्जेन्टिना र साउदी अरेबियाबीचको खेल लुसेल स्टेडियममा हुँदैछ।

अर्को खेलमा मेक्सिको र पोल्यान्ड भिड्दै छन्। स्टेडियम ९७४ मा हुने मेक्सिको र पोल्यान्ड बीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।

समूह ‘डी’को खेलमा भने डेनमार्क र ट्युनिसिया बेलुकी पौने ७ बजे आमने सामने हुँदैछन्। डेनमार्क  र ट्युनिसियबीचको खेल एड्युकेसन सिटी रंगशालामा हुनेछ।

अर्को खेलमा साविक विजेता फ्रान्स र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। अल जनुब स्टेडियममा हुने खेलमा फ्रान्स र अस्ट्रेलियाबीचको खेल राति पौने १ बजे हुनेछ। .


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved