विश्वकप फुटबलः अमेरिका र वेल्सले अङ्क बाडे

नेपालभ्युज

विश्वकप फुटबलः अमेरिका र वेल्सले अङ्क बाडे

काठमाडौं। फिफा विश्वकप फुटबलमा अमेरिका र वेल्सले अङ्क बाडेका छन्।

अहमद बिन अली रंगशालामा मङ्लबार भएको खेलमा अमेरिका र वेल्सबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो। अमेरिकाको लागि अमेरिकाको लागि तिमोथी वेहले गोल गरे । वेल्सको लागि भने ग्यारेथ बेलले गोल गरे।

खेलको ३६ औँ मिनेटमा तिमोथीले गोल गर्दैँ अमेरिकालाई सुरुवाती अग्रता दिलाए । खेलको ८२ औँ मिनेटमा वेल्सले पाएको पेनाल्टीलाई बेलले गोलमा परिणत गरे। ६४ वर्षपश्चात विश्वकप खेलेको वेल्सलाई सो गोलले खेलमा पुनरागमन गरायो।

प्रतिस्पर्धात्मक बनेको खेलको ८ औँ मिनेटमा अमेरिकाले लगातार २ अवसर गुमाएको थियो।

खेलको ६४ औँ मिनेटमा भने वेल्सले पाएको फ्रि–किकलाई गोलरक्षक म्याट टर्नरले सहजै रोके। त्यस लगतै पाएको कर्नरलाई पनि टर्नरले रोक्न सफल भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved