मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन्। एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङलाई हराउँदै टेकबहादुर प्रतिनिधिसभा सांसद बनेका हुन्।

नेपालभ्युज

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

काठमाडौं। हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन्।

एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङलाई हराउँदै टेकबहादुर प्रतिनिधिसभा सांसद बनेका हुन्।

उनले २ हजार ५७५ मत पाउँदा एमालेका पोल्देन छोपाङले २ हजार २४७ मत पाएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए।

यो सँगै कांग्रेसले अहिलेसम्म प्रतिनिधिसभाका दुई सिट जितेको छ ।

मनाङको प्रदेशसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार मुनिन्द्रजंग गुरुङ निर्वाचित भइसकेका छन्। उनले एमालेका राजनबहादुर गुरुङलाई ३ सय ३० मतले पराजित गरेका हुन् ।

उनले १ हजार २ सय ५५ मत पाएका थिए। एमालेका उम्मेदवार राजन गुरुङले ९ सय २५ मत प्राप्त गरेका थिए।

मनाङको प्रदेशसभा २ मा भने स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved