सोलुखुम्बु : हेलिकोप्टरमार्फत मतपेटिका सल्लेरी ल्याइँदै, मतगणना सुरू हुन अझै समय लाग्ने

नेपालभ्युज

सोलुखुम्बु : हेलिकोप्टरमार्फत मतपेटिका सल्लेरी ल्याइँदै, मतगणना सुरू हुन अझै समय लाग्ने

सोलुखुम्बु । जिल्लाको ६ स्थानीय तहका मतपेटिका सदरमूकाम ल्याइएको छ । लिखुपिके गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाको भने ल्याउन बाँकी रहेको मुख्य निर्वाचन कार्यालयका सहायक अधिकृत नगेन्द्र कालाखेतीले बताए । त्यहाँका मतपेटिका केहीबेरमा हेलिकोप्टरमार्फत ल्याइने पनि उनले बताएका छन् ।

त्यसपश्चात मात्रै मतगणना सुरू हुने अधिकृत कालाखेतीले बताए । ‘मतगणना सुरू करिब ३/४ बजेमात्रै हुन्छ होला,’ कालाखेतीले नेपालभ्यूजसँग भने, ‘लिखुपिके र खुम्बु पासाङल्हामुका बाहेक ११९ मतदान केन्द्रका मतपेटिका भने सल्लेरी आइपुगेको छ ।’

यहाँ गत आइतबार सम्पन्न मतदानमा झन्डै ५० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय, सोलुखुम्बुले पछिल्लोपटक अद्यावधिक गरेको जानकारीअनुसार यहाँ ८१ हजार ५०२ मतदाता छन् । हिजोको मतदानमा झन्डै ४० हजार मतदाता सरिक भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved