थबाङले गरेको छैन चुनाव बहिष्कार, खस्यो ४० प्रतिशत मत

‘आधिकारिक मान्छेले कसैले लेखेका छैनन् । थबाङले बहिष्कार गर्‍यो भन्ने अफवाह देखेपछि मैले सम्बन्धित निकाय र व्यक्तिहरूलाई फोन गरेर ध्यानाकर्षण गराइदिसकेको छु ।’

नेपालभ्युज

थबाङले गरेको छैन चुनाव बहिष्कार, खस्यो ४० प्रतिशत मत
फाइल फोटो ।

काठमाडौं । रोल्पाको थबाङ; १० वर्षे सशस्त्र माओवादी जनयुद्ध सुरू भएको क्षेत्र । जसलाई माओवादी आधार इलाका भनेर पनि चिनिन्छ ।  ०७० सालको दोस्रो संविधान सभा चुनाव थबाङले बहिष्कार गरेको थियो ।

अहिले पनि थबाङले त्यसैलाई निरन्तरता दियो भनेर सामाजिक सञ्जालहरूमा अफवाह फैल्याइएको छ । कतिपय फेसबूक पेजहरूमा ‘थबाङले चुनाव बहिष्कार गर्‍यो’ भनेर लेखिएको पाइएको छ । तर, यो अफवाह मात्रै हो । ०७४ सालको चुनावमा सहभागी भएको थबाङले यसपटक भने बहिष्कार गरेको छैन । त्यहाँ झन्डै ४० प्रतिशत मत खसिसकेको निर्वाचन अधिकृत पदमबहादुर डाँगीले नेपालभ्यूजसँग बताए । ‘मैले पनि थबाङले चुनाव बहिष्कार गर्‍यो भनेको सुनेँ । तर, यो अफवाह मात्रै हो । त्यो झुटो हो । यहाँ शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । अहिलेसम्म झन्डै ४० प्रतिशत मतदान भइसकेको छ,’ अधिकृत डाँगीले भनेका छन् ।

राजनीतिक प्रतिशोध साँध्न कुनै दलसम्बद्ध कार्यकर्ताहरूले त्यसरी सामाजिक सञ्जालमा लेखेको हुनसक्ने अधिकृत डाँगीको ठम्याइँ छ । उनले भने, ‘आधिकारिक मान्छेले कसैले लेखेका छैनन् । थबाङले बहिष्कार गर्‍यो भन्ने अफवाह देखेपछि मैले सम्बन्धित निकाय र व्यक्तिहरूलाई फोन गरेर ध्यानाकर्षण गराइदिसकेको छु । राजनीतिक दलमै रहेका साथीहरूले त्यसरी लेखेको हुनुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved