क्रियापुत्री बसेका ४ दाजुभाइले गरे मतदान

नेपालभ्युज

क्रियापुत्री बसेका ४ दाजुभाइले गरे मतदान

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ मा क्रियापुत्रीले पनि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । आमाको किरिया बसेका चुर्ण प्रसाद श्रेष्ठ, कमल श्रेष्ठ ,मान बहादुर श्रेष्ठ, पूर्ण प्रसाद श्रेष्ठ र उनीहरूका श्रीमतीले मतदान गरेका हुन् ।

उनीहरूले कालिकादेवी मावि मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरूलाई भोट दिएका छन् । उनीहरू तीन दिनदेखि आमाको मृत्यको शोकमा क्रिया बसिरहेका छन् ।

जीवनको सबैभन्दा दु:खद क्षणमा पनि मतदान गर्नका लागि मतदानस्थल पुगेका उनीहरूले आफ्नो मतले आगामी पाचँ वर्षका लागि देशको भविष्य निर्धारण गर्ने बताएका छन् । मतदान भनेको यो युगको जिम्मेवारी भएकोले मतदान गरेर उत्साहित भएको उनीहरूको भनाइ थियो ।

आफ्नो परम्पराअनुसार कसैलाई नछोई मतदान गर्ने वातावरण बनाईएको थियो । सिन्धुपाल्चोकको एक सय ४५ मतदानस्थलहरूमा ३ सय २० मतदान केन्द्रमै उत्साहजनक रूपमा बिहान ७ बजेदेखि नै मतदान भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved