उम्मेदवार चढेको गाडी तोडफोड

उम्मेदवार चढेको गाडी तोडफोड

हेटौंडा। मकवानपुर २ को (ख) का गठबन्धनबाट उम्मेदवार बानियाँ चढेको गाडीमा तोडफोड भएको छ ।

‘विप्लव’ नेतृत्वको तीन दलीय नेपाल कम्युनिस्ट पार्टी  मकवानपुरले गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँ चढेको गाडी पूर्व पश्चिम राजमार्ग सडकखण्ड अन्तर्गतको हेटौंडा–१९ दालिमटारमा तोडफोड गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बानियाँको गाडीमाथि तोडफोड भएको घटनाबारे कुनै जानकारी नआएको भए पनि ‘विप्लव’ नेतृत्वको नेकपा मकवानपुरले विज्ञप्ति जारी गरेर बानियाँमाथि कारबाही गरेको जनाएको छ ।

मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले गाडी तोडफोडको विषयमा कुनै जानकारी नभएको बताए । नेपाली कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँलाई उनी चढ्ने गाडीमा तोडफोड गरेर कारबाही गरेको नेकपा मकवानपुरले विज्ञप्तिमा जनाएको छ ।

नेकपा जिल्ला सचिव उदीप सिले जारी गरेको प्रेस विज्ञप्तिमा ‘भ्रष्टाचार र ठेक्काको काममा कमिसनखोरी काम गरेको, जनतासमक्ष झुटको खेती गरेकोलगायत विभिन्न कारणहरू खुलाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved