ओनसरी भन्छिन्- रात्रिबस चढेर कोटेश्वर झरेकी होइन, जिताउनुस् मुलुक बनाउन सक्छु

‘मत मलाई दिनुस्, यो क्षेत्रका लागि मैले सोचेकै छु । म रात्रिबस चढेर कोटेश्वरमा झरेकी नेता/व्यक्ति होइन । मलाई विश्वास गर्नुस् । मुलुक बनाउने भिजन छ । म सक्छु ।’

नेपालभ्युज

ओनसरी भन्छिन्- रात्रिबस चढेर कोटेश्वर झरेकी होइन, जिताउनुस् मुलुक बनाउन सक्छु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेतृ एवम् आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं २ की उम्मेदवार ओनसरी घर्तीले युवालाई राजनीतिमा आउन आह्वान गरेकी छन् । बिहीबार काठमाडौंमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘युवाहरूलाई यहाँबाट मैले आह्वान गर्छु । तपाईंहरू राजनीतिमा आउनुस्, देशको जिम्मेवारी लिनुस् । पार्टीहरूको जिम्मा लिनुस् ।’

उनले त्यसअघि भनिन्— देशको व्यवस्था हामीले बदलेका हौँ, अब अवस्था तपाईंहरू बदल्नुस् ।

उनले आफूलाई मत दिन आह्वानसमेत गरिन् । ‘तपाईंहरूलाई मताधिकार प्राप्त छ । त्यसको सदुपयोग गर्नुस् । त्यो पनि सानो बलिदानी र सङ्घर्षबाट आएको होइन । सोच्नुस् र निर्णय लिनुस्,’ उनले भनिन्, ‘मत मलाई दिनुस्, यो क्षेत्रका लागि मैले सोचेकै छु । म रात्रिबस चढेर कोटेश्वरमा झरेकी नेता/व्यक्ति होइन । मलाई विश्वास गर्नुस् । मुलुक बनाउने भिजन छ । म सक्छु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved