रवि भन्छन्- निर्वाचनमा जिताउनुस् भ्रष्टाचार निर्मूल पार्छौं

नेपालभ्युज

रवि भन्छन्- निर्वाचनमा जिताउनुस् भ्रष्टाचार निर्मूल पार्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा जिताए  भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पूर्वी नवलपरासीको कावासोतीमा बुधबार आयोजित चुनावीसभामा बोल्दै लामिछानेले आफ्नो दलले बहुमत प्राप्त गरेमा अहिलेसम्मका भ्रष्टाचारका मुद्दाको छानविन गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने बताएका हुन् ।

‘एकपटक हामीलाई विश्वास गरेर भोट दिनुस्, हामी तपाईंको विश्वास गुम्न दिने छैनौँ’, उनले भने, ‘अहिलेको चुनावले तपाईंको सन्तानको भविष्य कोर्नेछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved