फुटबलले विश्वलाई एकताको सन्देश दिनेछ : जियानी इन्फान्टिनो

नेपालभ्युज

फुटबलले विश्वलाई एकताको सन्देश दिनेछ :  जियानी इन्फान्टिनो

बाली । फुटबलको फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फुटबल एउटा खेलभन्दा पनि धेरै ठूलो कुरा भएको र यसले मानिसहरूलाई एक ठाउँमा ल्याउने ‘अद्वितीय जादुयी’ शक्ति भएको बताएका छन् ।

कतारमा हुने सन् २०२२ को फिफा विश्वकपको पूर्वसन्ध्यामा सिन्ह्वालाई दिएको विशेष अन्तर्वार्तामा इन्फान्टिनोले फुटबलले विश्वलाई एकताको सन्देश दिने बताएका हुन् ।

इन्डोनेसियाको बालीमा जारी जी–ट्वन्टी शिखर सम्मेलनमा भाग लिने क्रममा इन्फान्टिनोले विश्वका नेताहरूलाई तनाव र द्वन्द्वलाई त्यागेर कतारमा नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुने चतुष्कोणीय फुटबल प्रतियोगिताको आनन्द लिन आह्वान गरेका छन् ।

उनले भने, ‘विश्वकप खुशी र एकताको अवसर हुनुपर्छ । यसले आशाको सन्देश दिनुपर्छ ।’

फिफा प्रमुख इन्फान्टिनोले थपे, ‘फुटबल पनि एक महत्वपूर्ण आर्थिक गतिविधि हो । यसकोे विश्वव्यापी कूल आम्दानी सयौं अर्ब अमेरिकी डलर छ । यसले लाखौं रोजगारी सिर्जना गर्दछ र आर्थिक वृद्धिलाई बढावा दिन्छ ।” “यो वृद्धि, आर्थिक वृद्धिको कुरा हो,’ उनले थपे ।

इन्फान्टिनोले कतारमा हुने फिफा विश्वकपमा विश्वको जनसङ्ख्याको आधाभन्दा बढी अर्थात् पाँच अर्ब मानिसले अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।

सन् २०३१ मा फिफा महिला विश्वकप आयोजनाका लागि चीनको योजना रहेको उल्लेख गर्दै इन्फान्टिनोले फुटबल क्लब र युवा फुटबलमा चीनको संलग्नतासँगै यो कदमले फुटबल विकासमा क्षेत्रीय असन्तुलनलाई सम्बोधन गर्न मद्दत गर्ने र खेलको समग्र विकासका लागि महत्वपूर्ण रहेको उनको धारणा थियो ।

इन्फान्टिनोले भने, ‘फुटबलले मानिसको भावनालाई छुन्छ । यसले आवेगसँगै र समावेशीकरणलाई महत्व दिन्छ ।’

उनले भने, ‘जब तपाईं केटी वा केटालाई बल दिनुहुन्छ, वा अलि ठूलो उमेरको व्यक्तिलाई पनि बल दिनुहुन्छ, उनीहरू यसबाट खुसी हुन्छन्, मुस्कुराउन थाल्छन् । यसमा शत्रुतालाई एकतामा परिणत गर्ने गुह्य लुकेको छ ।’ एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved