सुर्खेत विमानस्थलमा बुद्ध एयरको ७२ सिटे जहाजको परीक्षण उडान सफल

सुर्खेत विमानस्थलमा बुद्ध एयरको ७२ सिटे जहाजको परीक्षण उडान सफल

सुर्खेत। सुर्खेत विमानस्थलमा बुद्ध एयरको ७२ सिटे जहाजको परीक्षण उडान सफल भएको छ । बुधबार बुद्ध एयरको एटीआर ७२ विमान सुर्खेत विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोग तथा सहकार्यमा बुद्ध एयरको ७२ सिट भएको जहाजको परीक्षण उडान सफल भएको छ ।
बुद्ध एयरले एटीआर ४२ जहाजबाट सुर्खेत–काठमाडौं नियमित उडान भर्दै आइरहेको थियो ।

परीक्षण उडान अनुकूल रहेको अवस्थामा २०२३ जनवरीदेखि सुर्खेत–काठमाडौं दैनिक दुई उडान सञ्चालन गर्ने योजना रहेको बुद्ध एयरले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

बुद्ध एयरका अनुसार उक्त एटीआर ७२ विमानमार्फत् उडान संचालन गर्दा यात्रुहरूलाई प्रत्यक्ष लाभ पुग्ने महसुस गरी न्यूनतम भाडा दर सात हजार पाँच सय हुने र बुद्ध एयरले डिसेम्बर २०२२ भित्र थप दुईवटा एटीआर ७२ जहाज ल्याउन लागेको विज्ञप्ति जनाएको छ ।

लामो समयदेखिको सपना पूरा भएको र आफुहरुले सस्तो भाडादरमा सुर्खेतबाटै नागरिकहरूले उड्न पाउनुपर्ने विषयमा वकालत गर्दै आएको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीले संघको बताए । यसअघि, श्री एयरले एटिआर ७२ विमानको परीक्षण उडान गरे पनि नियमित उडान गरेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved