रुपन्देही सुकुम्वासी बस्तीका मतदाताको माग : लालपुर्जा र रोजगारी

नेपालभ्युज

रुपन्देही सुकुम्वासी बस्तीका मतदाताको माग : लालपुर्जा र रोजगारी

काठमाडौं। रुपन्देही क्षेत्र नम्बर ३ मोतीपुरस्थित सुकुम्बासी बस्तीका मतदाताहरूले लालपूर्जा दिन प्रतिबद्ध उम्मेदवारलाई आफूहरूले मतदान गर्ने बताएका छन् । उनीहरूले रोजगारीको अवसर सिर्जना गरिदिन पनि राजनीतिक दलका उम्मेदवारहरूसँग आग्रह गरे ।

खानै नपाउने अवस्था भएकाले आफूहरूलाई रोजगारीको अवसर सृजना गर्नुपर्ने उनीहरूको माग छ । लामो समय बस्दा पनि उनीहरूले लालपुर्जा नभएकाले यो निर्वाचनबाट विजयी हुने सांसदले आफूहरूलाई त्यसको व्यवस्था गर्नुपर्नेमा स्थानीयको जोड छ ।

दिनभर काम गर्दा पनि खान पाउने अवस्था नरहेको पनि त्यहाँका मतदाताको गुनासो छ । उनीहरुले देश भित्रै रोजगारीको अवसर सिर्जना गरेर जनप्रतिनिधिहरूले आफूलाई राहत दिनुपर्ने बताएका छन । यस क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएको छ भने विपक्ष एमाले र जनता समाजवादी पार्टीको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा हुनुहुन्छ ।

नेताहरूले विगतमा जस्तो चुनावी प्रचार अभियानलाई तीव्रता नदिएको केहीले बताएका छन । ३-४ वर्ष अघि जस्तो चुनावको प्रचार अभियानले तीव्रता नपाएको स्थानीयले बताएका छन ।

त्यहाँका मतदाताहरूले घर सल्लाह गरेर मतदान गर्ने प्रतिक्रिया समेत दिएका छन । अव निर्वाचनको लागि मतदान गर्न ४ दिन मात्रै बाँकि छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved