मुम्बई इन्डियन्सले गर्‍यो पोलार्डलाई रिलिज

नेपालभ्युज

मुम्बई इन्डियन्सले गर्‍यो पोलार्डलाई रिलिज

काठमाडौं। किरोन पोलार्ड आईपीएल टोली मुम्बई इन्डियन्सबाट रिलिज भएका छन्। पोलार्डले मङ्गलबार आफ्नो सामाजिक सञ्जालमार्फत ५ पटक आईपीएल विजेता मुम्बई आफू रिलिज भएको जनाएका हुन्।

पोलार्डले मुम्बईसँग खेलाडीको यात्रा टुङ्ग्याउँदै ब्याटिङ प्रशिक्षकको यात्रा सुरु गरेका छन्।

मुम्बईले सन् २०१० मा पोलार्डलाई आफ्नो टोलीमा आबद्ध गरेको थियो। पोलार्ड र मुम्बईले सन् २०११ र २०१३ मा च्याम्पियन्स लिग जितेको थियो।

यस्तै, मुम्बईले पोलार्डको उपस्थितिमा सन् २०१३, सन् २०१५, सन् २०१७, सन् २०१९ र सन् २०२० मा आईपीएल जितेको छ। पोलार्डले आफ्नो आईपीएल यात्रामा मुम्बईको लागि मात्र खेले।

आईपीएलमा ‘साइलेन्ट टाईब्रेकर’ नियमबाट जोडिने पोलार्ड पहिलो खेलाडी हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved