वसुन्धारामा घरधनीलाई बन्धक बनाएर लुटपाट

नेपालभ्युज

वसुन्धारामा घरधनीलाई बन्धक बनाएर लुटपाट

काठमाडौं। काठमाडौंको वसुन्धारामा सोमबार राति लुटपाट भएको छ । वसुन्धारास्थित नन्द मल्लको घरमा गए राति ६–७ जनाको समूहमा आएका लुटेराले नगद र सुन लुटेर भागेका हुन् ।

लुटेराले घरधनी नन्दसहित ५ जना महिलालाई बन्धक बनाएर लुटपाट गरेका हुन् । लुटेरा समूहले ह्यामर प्रहार गरेर घरधनीलाई घाइते बनाएका छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । राति ७ बजेतिर लुटेरा समूह घरमा प्रवेश गरेर ९ बजे निस्केका थिए ।

४५ लाखभन्दा बढी नगद र ठूलो परिमाणमा सुन लुटिएको अनुसन्धानमा बताइएको छ । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयका र प्रहरी वृत्त महाराजगञ्जको टिमले अनुसन्धान गरिरहेको छ । मल्लको घरनजिकै बंगलादेश राजदूतावास छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved