जी –२० शिखर सम्मेलन

जो बाइडेनलगायत विश्वका धेरै नेताहरूसँग भेटेका कम्बोडियाका प्रधानमन्त्री सेनलाई कोभिड पोजिटिभ

नेपालभ्युज

जो बाइडेनलगायत विश्वका धेरै नेताहरूसँग भेटेका कम्बोडियाका प्रधानमन्त्री सेनलाई कोभिड  पोजिटिभ

एजेन्सी। कम्बोडियाका प्रधानमन्त्री हुन सेनले मंगलबार आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताएका छन् । सेन जी –२० शिखर सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको बाली पुगेका थिए ।

यसअघि, कम्बोडियाको नोम पेन्हमा भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको शिखर सम्मेलनमा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत विश्वका धेरै नेताहरूसँग भेट गरेका थिए ।

फेसबुकमा एक पोष्ट शेयर गर्दै कम्बोडियाली नेताले सोमबार राति आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको र इन्डोनेसियाका एक डाक्टरले पनि उनी कोभिड–१९ बाट संक्रमित भएको पुष्टि गरेका छन् ।

सेनले आफू कम्बोडिया फर्कन लागेको र जी–२० शिखर सम्मेलन र त्यसपछि बैंककमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) बैठकमा सहभागी नहुने बताए ।

आइतबार सम्पन्न भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरू (आसियान) शिखर सम्मेलनको आयोजक कम्बोडिया थियो । यहाँ सेनले धेरै नेताहरूलाई भेटेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved