कास्की ३ मा गठबन्धनको उद्यमशीलता विकासमा  जोड

नेपालभ्युज

कास्की ३ मा गठबन्धनको उद्यमशीलता विकासमा  जोड

कास्की। सत्तारुढ गठबन्धनले निर्वाचनपछि उद्यमशीलता विकासका कार्यक्रमहरूलाई प्राथमिकता दिएको छ । स्थानीय रुपमा नै रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने उद्देश्यका साथ गठबन्धनले उद्यमशीलता विकासका योजना अघि सारेको हो ।

उद्यमशीलतासँगै वातावरणीय सन्तुलनका लागि हरित उद्यम कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गर्ने र त्यस्ता उद्यमलाई अनुदान तथा सुलभ ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा गठबन्धनले गरेको छ । साथै हावापानी अनुकूल हुने ठाउँमा चिया, अलैंची, अम्रीसो, कफी, कुरिलो, कागती लगायतका खेतीका साथै जडिबुटी उत्पादनलाई प्रोत्साहन गरिने उम्मेदवारहरूले बताएका छन् ।

लेक तथा बेंशीमा माछा पालन, पशुपालनलाई प्रोत्साहन गर्दै युवालाई उत्पादनमा आकर्षित गराउनका लागि अनुदान तथा सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने र त्यस्ता व्यवसायलाई नमुना व्यावसायिक केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता पनि उम्मेदवारहरूले गरेका छन् ।

कास्की ३ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा रामजीप्रसाद बराल ‘जीवन’ र प्रदेश १ मा दुर्गादत्त भण्डारी तथा प्रदेश २ मा प्रकाश बराल रहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved