मलावीमा हैजाको प्रकोप, २०० जनाको मृत्यु

नेपालभ्युज

मलावीमा हैजाको प्रकोप, २०० जनाको मृत्यु

एजेन्सी। हैजाले मलावीमा २०० जनाको मृत्यु भएको छ । देशको सबैभन्दा खराब प्रकोप मध्ये एक हैजा संक्रमण गत महिना शिखरमा पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

गरिब दक्षिणी अफ्रिकी देशले मार्चदेखि ७ हजार ४९९ जनामा संक्रमण देखिएको रेकर्ड गरेको छ । राष्ट्रसंघले यसलाई राष्ट्रलाई प्रभावित गर्ने १० वर्ष यताकै सबैभन्दा ठूलो प्रकोप भएको जनाएको छ ।

त्यहााँको स्वास्थ्य मन्त्रालयले मंगलबार १७४ नयाँ संक्रमण रिपोर्ट गरिएको बताएको छ । अक्टोबरको तेस्रो हप्तामा दैनिक २०० भन्दा बढीमा संक्रमण देखिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved