डोटी भूकम्प : अपराह्न ४ बजेसम्म २ सय १० परकम्प

नेपालभ्युज

डोटी भूकम्प : अपराह्न ४ बजेसम्म २ सय १० परकम्प

काठमाडौं। डोटी केन्द्रविन्दु भएर आएको ६.६ म्याग्निच्युडको भूकम्पछि बुधबार अपराह्न ४ बजेसम्म २ सय १० वटा परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले मंगलबार राति दुई बजेदेखि बुधबार अपराह्न चार बजेसम्म दुई सय १० वटा परकम्प रेकर्ड भएको नेपाल भ्युजलाई जानकारी दिइन् ।

ती सबै परकम्प चार म्याग्निच्युडभन्दा कमको रहेको बताइन् । उनले भनिन्, ‘ मंगलबार २ बजेर १२ मिनेटमा आएको ६.६ म्याग्निच्युडको भूकम्पपछि सोही क्षेत्र आसपास दुई सय १० वटा परकम्प गएको छ त्यो सबै ४ म्याग्निच्युडभन्दा कम रहेको देखिएको छ । यो रेकर्ड  ४ बजेसम्मको मात्र भए पनि त्यसपछि स-साना परकम्प आएको होला त्यसको अनुसन्धान भइरहेको छ ।’

उनले पोखरादेखि पश्चिम भारतको देहरादुनसम्मको क्षेत्र भूकम्पीय जोखिममा रहेको बताइन् । “पोखरादेखि पश्चिम भारतको देहरादुनसम्मको क्षेत्र निकै जोखिमपूर्ण देखिएको छ । यस क्षेत्रमा भूकम्प नगएको करिब पाँच सय वर्ष भइसक्यो त्यसैले, यो क्षेत्रमा भूकम्पको जोखिम रहेकाले सतर्कता अपनाउनुपर्छ ।’

एकपटक ठूलो भूकम्प गइसकेको ठाउँमा जोखिम कम हुने भए पनि आसपासका क्षेत्रमा भने सर्तकता अपनाउनुपर्ने बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved