कांग्रेसका ७४ जना पार्टीबाट निष्कासित

नेपालभ्युज

कांग्रेसका ७४ जना पार्टीबाट निष्कासित

काठमाडाैं | नेपाली कांग्रेसले  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा अनुशासनविपरीत काम गर्ने  ७४ जनालाई निष्कासन गरेको छ ।

कांग्रेसको  केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनिहरुलाई निष्कासन गरिएको जानकारी दिए ।

‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ ।

त्यस्ता बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावलीहरू समेत अभिलेखबाट हटाइनेछ । तसर्थ तत्काल केन्द्रीय अनुशासन समितिमा त्यस्ता नामावली पठाइदिन समेत निर्देश गरिन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved